नेपालगन्ज : बाँकेको खजुरा गाउँपालिकाले ८३ करोड ३९ लाख ५३ हजारको बजेट ल्याएको छ ।
पालिकाले आइतबार आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ८३ करोड ३९ लाख ५३ हजार ६ सय ५८ रुपैयाँको आयव्ययको अनुमानित विवरणसहितको बजेट प्रस्तुत गरेको हो ।
खजुरा गाउँपालिकाले खजुरामा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा ब्लड बैंक स्थापनाको लागी १० लाख बजेट बिनियोजन गरेको छ ।
सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा ब्लड बैंक स्थापना गर्न १० लाख बिनियोजन गरेको छु साथै पालिका भित्रका क्यान्सर बिरामिलाई उपचारमा प्रोत्साहन रकमका लागी रक बिनियोजन गरेको खजुरा गाउँपालिकाका उपाध्यक्ष मन्जु मल्लले बताइन् ।









