खजुरामा बसपार्क बन्ने : बसपार्क निर्माण गर्न १ करोड बजेट बिनियोजन

khajura

नेपालगन्ज : बाँकेको खजुरा गाउँपालिकाले ८३ करोड ३९ लाख ५३ हजारको बजेट ल्याएको छ । 

आव २०८०/८१ को बजेट संगै खजुराबासीमा बसपार्क बन्ने पक्का भएको छ, बजेटमा खजुरामा निर्माण हुने बसपार्कको लागी बजेट बिनियोजन गरिएको छ ।

खजुरा गाउँपालिकाले खजुरामा बसपार्क निर्माणको लागी १ करोड रुपैयाँ बजेट बिनियोजन गरेको छ ।

आइतबार पालिका उपाध्यक्ष मन्जु मल्लले बजेट प्रस्तुत गर्दै भवन आवास र शहरीकरण बिकास गर्न बिशेषगरेर पालिका भित्र बसपार्क निर्माण गर्न १ करोड बिनियोजन गरिएको बताइन् ।

पालिकाले आइतबार आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ८३ करोड ३९ लाख ५३ हजार ६ सय ५८ रुपैयाँको आयव्ययको अनुमानित विवरणसहितको बजेट प्रस्तुत गरेको छ ।

प्रतिक्रिया