खजुरा बजेट : रोलर र जेसीबी खरिद गर्न १ करोड १५ लाख बिनियोजन

नेपालगन्ज : बाँकेको खजुरा गाउँपालिकाले ८३ करोड ३९ लाख ५३ हजारको बजेट ल्याएको छ । 

खजुरा गाउँपालिकाले आइतबार बजेट प्रस्तुत गर्दै पालिकाको विशेष योजना अन्तर्गत यस बर्ष रोलर र जेसीबी खरिद गर्नको लागी रकम बिनियोजन गरिएको बताइएको छ ।

पालिकाको विशेष योजना अन्तर्गत यस बर्ष रोलर र जेसीबी खरिद गर्नको लागी रु १ करोड १५ लाख बिनियोजन गरेको खजुरा गाउँपालिकाका उपाध्यक्ष मन्जु मल्लले बताइन् ।

पालिकाले आइतबार आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ८३ करोड ३९ लाख ५३ हजार ६ सय ५८ रुपैयाँको आयव्ययको अनुमानित विवरणसहितको बजेट प्रस्तुत गरेको छ ।

प्रतिक्रिया