नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ का स्थानीय युवाहरुले दोन्द्रा नालाका दुवै तर्फका बस्तिहरुमा दिसाजन्य लेदो ब्यबस्थापनको लागि ढल ( Sewer) को ब्यबस्था गर्न माग गरेका छन् ।
सामाजिक अभियन्ता तेज बिक्रम शाह सम्मेलित वडा नम्बर १२ का युवाहरुले नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त बिष्ट संग दोन्द्रा नालाका दुवै तर्फका बस्तिहरुमा दिसाजन्य लेदो ब्यबस्थापनको लागि ढल ( Sewer) को ब्यबस्था गर्न माग गर्दै ज्ञापनपत्र बुझाएका हुन् ।

दोंन्द्रा नालाका दुवै तर्फ बसोबास गर्ने गरेका बस्तीहरुले ट्यूबवेल मार्फत प्रयोग गर्ने खानेपानी प्रदुषित भएकोले तुरुन्तै नेपालगंज खानेपानी सस्थांनबाट वितरण गरिने खानेपानीको आपूर्तिको लागि आबश्यक ब्यबस्था गर्न समेत ज्ञापनपत्र बुझाउदै माग गरिएको छ ।
नेपालगंजका जनताका स्वस्थपुर्वक बाँच्न पाउने अधिकार संग सम्बन्धित हाम्रा जायज मागहरुलाई बेवास्ता गरिने छैन र हामी पिडित जनतालाई संबैधानिक उपचार खोज्न बाध्य पारिने छैन भन्ने बिश्वास लिएर मेयर समक्ष ज्ञापनपत्र बुझाएको सामाजिक अभियन्ता तेज बिक्रम शाहले बताए ।
ज्ञापनपत्र बुझाउन शाह सहित अमित केसी,सागर बानिया, बिकास गुरुङ, सुजल श्रेष्ठ,शुसिल राना, सुनिल केसी, लक्ष्मण डङोल, असिश गुरुङ, गोबिन्द तिरुवा,सुधान्सु परियार लगायतको सहभागीता रहेको थियो ।
हेर्नुस् ज्ञापनपत्र













