खजुरा गाउँपालिकाको प्राथमिकतामा कृषि

रामु ओली, नेपालगन्ज : खजुरा गाउँपालिकाका अधिकाश गाउँहरु तत्कालीन पुनर्वास कम्पनीले इजरायली मोडेलमा बसाएको बस्ती हो । त्यसैले पनि धेरैलाई अनौठो लाग्ने अंग्रेज़ीको अफ्लावेट ए-बि-सि-डी बाट गाउँहरुको नामाकरण गरिएको थियो ।

त्यसबेला अङ्ग्रेजी अल्फावेटको ए-बि-सि-डी संगै बाग्मतीनगर, गैरिनगर, जस्ता गाउँका नाम राखिए पनि अहिले चलनचल्तीमा ए-बि-सि-डी नै रहेका छन् ।

इजरायली मोडेलमा बसाएको बस्ती र उर्वर भुमिको कारण खजुरा कृषिको केन्द्र बनेको थियो । तत्कालीन कपास बिकास समितीको केन्द्रिय कार्यालय नै खजुरामा रहेका कारण पनि कपास उत्पादनमा बाँके र बाँकेको खजुरा अग्रस्थानमा आउथ्यो ।

त्यसपछि आलु, धान, गहुँ, चना, रहर,असुरो जस्ता खाद्य बाली उत्पादनमा खजुरा अब्बल साबित भएको थियो । त्यसै बेला खजुरामा खाद्यान्नको गल्लाको लागी समेत प्रख्यात थियो । त्यसबेला खजुरा (हालको खजुरा ३ को बजार) गल्ला ब्यापारको केन्द्र समेत थियो ।

बिस्तारै खजुराले आफ्नो कृषि उत्पादनलाई नगदेबाली तर्फ मोड्दै गरेको देख्न सकिन्छ । नगदेबाली (तरकारी खेती तर्फ) आकर्षित बनेका किसानले खजुरामा विशेषता (मौसमी र बेमौसमी) टमाटर, बन्दा, काउली, मुला, साग, आलु, भिण्डी, बोरि लगायतका हरियो तरकारी उत्पादन गर्दै आएका छन् ।

बेलाबखत कृषि उपजले मूल्य नपाउदा किसान चिन्तित हुनुपरेको यथार्थ बाँकेको खजुराको पनि समस्या हो । देशको विभिन्न हिस्सामा किसानले आफ्नो उत्पादनले मूल्य नपाउदा सडकमै फालेर बिरोध गरेको त कहिले खेतमै नष्ट गरेको तस्वीर सार्वजनिक भैरहेका छन् । यस्तोमा खजुरा गाउँपालिकाले भने उत्पादनमा अनुदान र ढुवानी सहयोग गरि बजारीकरण गर्न सहयोग गर्दै आएको छ ।

खजुरा गाउँपालिका अध्यक्ष डम्बर बहादुर बिक तुफानले खजुरा गाउँपालिकामा उत्पादन भएका कृषि उपजलाई सहकारी मार्फत बिक्रिका लागि उत्पादनमा अनुदान र ढुवानी सहयोग गरि बजारीकरण गर्न सहयोग गर्ने र गर्दै आएको बताएका छन् ।

खजुरा गाउँपालिकाले पालिकामा उत्पादन भएको कृषि उपजले मूल्य नपाएको अवस्थामा खजुरामा रहेको बागेश्वरी बहुउद्देश्यीय कृषि बजार सहकारी संस्था लि.हाटबजारमा सम्पर्क गर्न सकिने ब्यवस्था मिलाएको छ ।

केही समय अगाडी समन्वयको अभावमा खजुरा गाउँपालिकाका कृषक लाल बहादुर खत्रीले टमाटर खेतमै नष्ट गर्नुपरेको बताए पछि पालिका अध्यक्ष बिकले त्यस्तो अवस्था पालिकामा आउन नदिने भन्दै सार्वजनिक रुपमा सहकारीमा सम्पर्क गर्न अनुरोध समेत गरेका थिए ।

पालिकाले पालिकामा उत्पादन भएको उपजहरु सहकारी मार्फत कृषि उत्पादन बिक्रि लागी उत्पादनमा अनुदान र ढुवानी सहयोग गरि बजारीकरण गर्ने नीति लिएको  बताउछन् , अध्यक्ष बिक ।

अध्यक्ष बिकले खजुरालाई कृषिमा आत्मनिर्भर मात्रै होइन जिल्लामा कृषिको हब बनाउन पालिकाले एक वडा एक नमुना फर्म कार्यक्रम संचालन गरेको बताउछन् ।

खजुरा गाउँपालिकाले यो आवमा पुष्प खेति कृषकहरुलाई अनुदान प्रदान गरेको छ भने ६०% अनुदानमा तरकारी तथा च्याउको बिउ ७०० जना कृषकहरुलाई वितरण गरेको कृषि शाखाका प्रमुख पुन पोखरेलले बताए ।

त्यस्तै खजुराले यो आवमा मागमा आधारित ५०% अनुदान कार्यकम, हाटवजार निर्माण, माटो परिक्षणको शुरुवात समेत गरेको छ ।

भने खजुरा गाउँपालिका वडा नम्बर ३ मा रहेको कृषि क्याम्पस संगको सहकार्यमा पढ्दै पढाउदै कार्यक्रम संचालन समेत गरेको छ ।

खजुरा गाउँलालिकाले आव २०८०-८१ को लागि कृषिमा १ करोड १२ लाख बिनियोजन समेत गरेको छ ।

बजेट प्रस्तुत गर्दै उपाध्यक्ष मन्जु मल्लले कृषि क्षेत्रको यान्त्रिकरण र व्यावसायीकरणका माध्यमबाट उत्पादन र उत्पादकत्व वृद्धि गर्दै बजारिकरण मार्फत कृषि क्षेत्रको प्रवर्दन गर्न कृषि तर्फका कार्यक्रम तर्जुमा गरेको छु क्षेत्रलाई महत्वपुर्ण क्षेत्रका रुपमा लिइ कृषि क्षेत्रको विकास गर्न कृषि तथा सिँचाई तर्फ रु. १ करोड १२ लाख रकम बिनियोजन गरेको बताउनुभएको छ ।

प्रतिक्रिया