रोपाई फेस्टिभलको तयारी पूरा, युवालाई खेतीसंग जोड्ने प्रयासमा दि एज एग्रो

नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका वडा नम्बरमा १९ भैयापुरमा आयोजनाको तयारी गरिएको रोपाई फेस्टिभलको तयारी पूरा भएको छ ।

आयोजना स्थलमा आयोजक दि एज एग्रो अब प्रालीले बुधबार पत्रकारसंग संक्षिप्त कुराकानी गर्दै रोपाई फेस्टिभलको तयारी पूरा भएको जनाएको हो ।

युवापुस्तालाई कृषि र खेतिपातीसंग जोड्न र रोपाईलाई उत्सवको रुपमा मनाउने गरि तयारी गरेको र असार १५ गते युवापुस्ताले यस क्षेत्रका कृषक, विभिन्न संघ संस्थाका प्रतिनिधि र बाँके दाङ तथा अन्य जिल्ला बाट पनि कार्यक्रममा रमाइलो गर्न सहभागीता रहेको आयोजकले बताएको छ ।

रोपाई महोत्सवमा धान रोपाई संगै संस्कृतिक नृत्य, हिलो खेल्ने कार्यक्रम, डोरी तानातान कार्यक्रम, लाईभ म्युजिक, डीजे सेसन सहित पन्चे बाजाको आकर्षण समेत हुने आयोजकले बताएको छ ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १९ मा आयोजना हुने रोपाई महोत्सवको लागी तिन बिगाह क्षेत्रफलमा खेत तयार गरिन लागेको आयोजक संस्थाका संचालक दिनेश थापाले बताएका छन् ।

हेर्नुस् भिडियो…

प्रतिक्रिया