नेपाल सामु यूएई निरीह, नेपालको रोमाञ्चक जित

काठमाण्डाै – आईसीसी एकदिवसीय विश्वकप छनोटको प्लेअफ सेमिफाइनलमा नेपाल सामु युएई निरीह बनेको छ ।

जिम्बावेको हरारेमा यूएईले दिएको १ सय ८२ रनको समान्य लक्ष्य नेपालले ४३ ओभर २ बलमा ७ विकेटको क्षतिमा पूरा गर्दै जित हासिल गरेको हो।

नेपालका दीपेन्द्रसिंह ऐरीले ७९ र सन्दीप लामिछानेले नटआउट २३ रन बनाए । नेपालले ६६ रन बनाउँदा ६ विकेट गुमाइसकेको थियो । त्यसपछि सन्दीप र दीपेन्द्रले उत्कृष्ट साझेदारी गरेर नेपाललाई जिताए । यसअघि जिम्बावेको हरारेमा जितेर बलिङ रोजेको नेपालले उत्कृष्ट बलिङ गर्यो ।

पहिले ब्याटिङ गरेकाे यूएई ४६ दशमलव ५ ओभरमा १ सय ८१ रनमा अलआउट भएको हो। नेपालका सन्दीप लामिछाने र करण केसीले ३/३ विकेट लिए । गुल्सन झा, प्रतिश जिसी र दीपेन्द्र सिंह ऐरीले १/१ विकेट लिए। यूएईका लागि वृत्य अरविन्दले सर्वाधिक ४४ र रोहन मुस्तफाले ३५ रन बनाए। नेपालले अब पर्सि प्लेअफको फाइनलमा आयरल्यान्डसँग खेल्नेछ ।

प्रतिक्रिया