करुणा शाह ( माहारानी )

सामान्यतय २५-२६ वर्षिय युबाहरु साथीहरू संग घुम्ने,कुनै प्राइभेट अफिसमा जब गर्ने वा परिवारको ब्यपार ब्यवसायमा सहयोग गर्ने गरेको हामिले देख्दै आएका छौं ।
तर समाजमा यस्ता थुप्रै उदाहरण छन् , २५-२६ बर्षको उमेरमा नै धेरै कामको अनुभव संगालेर सफल भएका युवा-युवती पनि हाम्रै समाजमा छन् ।
यस्ता युवा-युवती साच्चै भन्नु पर्दा आफ्ना उमेर समुहलाई मात्र होइन सबैको लागी उदाहरणीय पात्र बनेका हुन्छन्।उनीहरुलाई समाजमा फरक ढंगबाट मुल्यांकन गरिन्छ।मध्य र सुदुर पश्चिमको मुख्य ब्यपारीक केन्द्र बिन्दु हो बाँकेको नेपालगन्ज शहर ।
यहाँ आएर थुप्रै युवा-युवती चोरी ,डकैती ,लागू औषध प्रयोगकर्ता वा आवारा भएर टिन एजमै जीवन संग खेलवाड गरिरहेका छन् भने ,कोहि सबैको सामु ‘हिरो’को संज्ञा पाएका पनि छन् ।

राजधानी पछीको ठुलो शहर नेपालगन्जमा आएर छोटो समयमा आफ्नो करियर अगाडि बढाएर सफलता पाउन त्यतिकै गाह्रो पनि छ ।तर मेहनत, लगनशील, इमानदारिताका साथै सबै संग मिल्न सक्ने खुबी भएका २६ वर्षिय सुरज भण्डारी सबैको लागि युबा ब्यापारी भनेर ‘हिरो’को उपनाम पाएका छन् ।
बुवा चुडामणि र आमा बाला भण्डारीको कान्छा सन्तान सुरज भण्डारीको जन्म गुल्मीको रुपाकाेटमा भएको हो ।
२०६१ सालमा उनको परिवार नेपालगन्ज बसाई सरेको हो , जतिबेला सुरज १० बर्षका थिए ।
सुरुवातमा उनको बुवाले पुष्पलाल चोकमा थोरै लगानीमा किराना पसल खोल्नुभयो ।
‘दाइ र बुवाले पसल चलाउने मैले पढ्दै पसलको लागि चाहिने सामान दाल ,चामल, चिनिका साथै अन्य सामान रुपैडियाबाट साइकलमा ल्याउने गर्थे ‘ सुरज बताउने गर्छन् ।

एकदिन आफ्नो साइकलले ईन्डियन पुलिसलाई ठोक्दा लाठ्ठी खाएको सम्झिदै उनी हास्छन ।
त्यस लगत्तै सागर श्रेष्ठले संचालन गरेको युटिएलको अफिसमा जिबनकै पहिलो जब गर्दा उनको तलब १५०० थियो । त्यो समय सम्झिदै उनी भन्छन् , – निकै खुशी लाग्यो मम्मीलाई र सानीमा लाई कपडा किनीदिए ।
प्लस टु लगत्तै सुरजले सिद्धार्थ कटेजमा क्युटि चेकरको काम गरे ,त्यसपछि उनी सिनियर एकाउन्टेन्ट भए ।सिद्धार्थ बिजिनेस ग्रुपका चियरम्यान लक्षमण न्यौपानेका उनि आफ्नै भान्जा हुन् ।
उनी भन्छन् ,- मामाले नै हामीलाई यहाँ ल्याउनु भएको हो । मामाको व्यापार यहाँ फस्टाइ सकेको थियो । अनि म, दाइ, दिदी सबैले मामा कहाँ नै जब गर्यौ , अहिले दाइले काठमाडौंमा आफ्नै बिजनेस गरेको छ । दिदी सिद्धार्थमा सिनियर पोस्टमा हुनुहुन्छ । म भने त्यसपछि सिद्धार्थ कै ट्रेड बिजनेस मार्केटिङ म्यानेजरमा काम गरे त्यसपछि सबै बिजनेज आइडिया सिकियो । सबै संग चिनजान भयो त्यसपछि अब आफैले केही गर्नु पर्छ भनेर तीन बर्ष अगाडी ३० लाखको लगानीमा बि .एस उधोग खोले ।’
अहिले उनको उधोगबाट नेपकिन, ट्वाइलेट पेपर, हर्पिक, फिनेलका साथै सरसफाइ का समान उत्पादन हुनेगर्छ ।
उनको उद्योगबाट उत्पादित सामान बुटवल तथा महेन्द्रनगरसम्म जाने गरेको उनी बताउछन् ,- ‘पहिला मार्केटमा काम गरे सबै संग चिनजान थियो त्यसैले यो ब्यवसायमा खासै अप्ठ्यारो भएन ।’
बाल्यकालमा चकचके स्वभावका सुरज पढाइमा सानैबाट अब्ल थिए रे ।
‘काम कहिल्यै सानो ठुलो भनिन, बिहान कलेज त्यसपछि डिउटी हुन्थ्यो मेरो । सायद त्यहीँ मेहनतको सफलता हो यो …’ सुरजले भने ।
बिबाह भने उनको २४ बर्षको उमेरमै गुल्मि बाट नै मागी बिबाह भएको थियो । बिबाह किन चाडाे भन्ने प्रश्नमा उनले – ग्रहदशा, चिना अनुसार कि २४ मै कि ३२ मा लगन रहेछ। फेरि आफू सेटल पनि भैसकेको थिए । अनि पारिवारिक सल्लाहमा बिबाह गरे’, उनले बताए ।

श्रीमती संग घुम्ने रमाउनको लागी कत्तिको समय हुन्छ भन्दा पहिला साथीहरुले बाइकमा जिफ घुमाउदा , रेस्टुरेन्ट जादा ,मुभी हेर्न जादा म भने काम मै बिजि भए त्यो बेला घुम्ने-रमाउने समय भएन । बाइक भने मैले त्यो बेला नै आफ्नै कमाइमा किनिसकेको थिए । हास्दै….. अहिले श्रीमती नै जिफ हो तर के गर्नु उसलाई पनि समय दिन गाह्रो छ , बिहानबाट बिजि हुन्छु , शनिबार फ्री हुँदा परिवार संगै बस्छौ ।’ सुरज भन्छन् ।
गुनासो हुदैन त श्रीमतीबाट कहिलेकाहीँ मुभी हेर्न जाने रेस्टुरेन्ट जाने, घुम्न जाने भनेर भन्दा सुरज हास्सै भन्ने गर्छन् – ‘बिवाहा पहिला नै सबै थाहा थियो , केटा व्यापारी हो भनेर । अहिले सबै बिबाह पछि हनिमुन जान्छन् हामी त टिका फुकाइमा ससुराली गयौं अनि दसैंमा जान्छौं । त्यस्तो केहि गुनासो छैन उनिबाट । परिबार र उनको पुरै सपोर्ट छ मलाइ । अहिले त हो नि काम गर्ने घुम्ने दिन त छदैछनी भन्छिन् उनी ।’
सानै उमेरमा सफल बिजनेसम्यान बनेका सुरजले आफ्नो उधोगमा ७ जनालाई रोजगारी दिएका छन् । सुरुवातमा तीन जना महिलालाई समेत रोजगारी प्रदान गरेका उनले हाल भने गाह्रो काम हुने भएकाले सबै पुरुष मात्रै भएको बताए ।
यिनै युवा व्यवसायी सुरजले आफ्ना २ जना साथीहरु (ऋषिराम डुम्रे र कृष्णप्रसाद दाहाल ) संग मिलेर गत मंसिरको २० गतेबाट कारकादो चोकमा सानो लगानी (ठेला) मा सेवा खाजा घर संचालनमा समेत ल्याएका छन् ।
सेवा खाजा घरमा स्वादिष्ट परिकार चिकेन फ्राइ, चिकेन ललिपप, चिकेन लेग पिस, फिस फ्राइ लगायतका सबै परिकार पाउछ ।
उनका अनुसार यो व्यापारबाट मुनाफाको ५ प्रतिशत असाहय, अशक्तलाई दिने र १० प्रतिशत आफ्नै कर्मचारीलाई दिने बताउछन् ।
सेवा खाजा घरको योजनाको बारेमा बताउदै सुरज भन्ने गर्छन् – ‘हामी सबै साथी बिजि नै भएपनी साँझ फ्री भएपछि लामो समय चिया गफ गर्ने गर्थ्यौ , त्यसपछि हामिले कम लगानीमा साँझको समयमा आफु बिजि हुने गरौ भनेर सुरुवात गर्यौ। सबै आउनु हुन्छ , रेस्पोन्स पनि एकदमै राम्रो छ , यो हाम्रो ओभर टाइम जस्तै हो । बिदेशमा त सबैले ओभर टाइम काम गर्छन् हामी पनि गरौ न आफ्नै देशमा पैसा छ’ ,उनले बताए ।
हामीहरु बिदेश गएर जस्तोसुकै काम गर्छौ यहाँ भने यो सानो त्यो ठुलो भन्छौ ,काम गर्न लाज मान्छौ, बिदेशमा गएर थुप्रै अलपत्रमा परेको, एक ठाउँ भनेर अर्को ठाउँमा, अर्को काममा परेको थुप्रै उदाहरण हामिले देखेको सुनेको छौं। त्यसैले लगलशिल , इमानदारी भएर आफ्नै देशमा सानो ठुलो काम नभनी आजैबाट काम गरौं, बिदेश जानै पर्दैन’ , उनले सुझाव दिन्छन् ।
मैले पनि सानो ठुलो काम नभनेर सानै उमेरमा काम गरे त्यो बेला मेरो घुम्ने रमाउने बेला थियो । तर काम र आफ्नो करियर मा फोकस भएर कामलाई निरंतरता दिए । अहिले सबैले सानो उमेरमै सफल व्यापारी बनेको छौं ,भन्नुहुन्छ । कतिले अझै प्रगति गर्नुस है भनेर आशिर्वाद दिनु हुन्छ , खुशी लाग्छ । काममा निरंतर छु हेरौ अब, – उनले भने ।
सफल युवा बिजनेस म्यान सुरजलाई हाम्रो तर्फबाट पनि शुभकामना ।











