नेपालगन्ज : नेपालगन्जमा निर्माणाधीन लक्जरी मल्टिप्लेक्स हल ” सिने रोयल ” को काम अन्तिम चरणमा पुगेको छ ।
नेपालगन्जमा पश्चिम नेपालकै पहिलो ‘थ्री वे डल्बी एटमस साउण्ड सिस्टम’ र ‘फोर के लेजर प्रोजेक्टर’ प्रोजेक्सनमा आधारित ३ वटा स्क्रिन सहितको मल्टिप्लेक्स खुल्न लागेको हो ।
सिने रोयलमा दुईवटा हल २ सय ५० सिट क्षमताको र अर्को हल १ सय ५० सिट क्षमताको रहनेछ ।
युवा सोच र मेडिकल सेक्टरमा समेत सकारात्मक छलाङ्ग लगाउँदै नयाँ प्रविधि र सुविधा भित्र्याइरहेका वेस्टर्न हस्पिटलका प्रबन्ध निर्देशक डा. राहुल थापाको योजना र लगानीमा नेपालगन्जमा यो सुविधा सम्पन्न हल निर्माण भइरहेको हो ।
तत्कालै सिने रोयल हल सँगै क्याफेटेरिया पनि सुरु हुने छ भने बिस्तारै विभिन्न शॉपिंग आउटलेट सँगै एउटा डिपार्टमेन्टल स्टोर खोल्ने योजना समेत रहेको डा थापाले जानकारी दिएका छन् ।
अहिले आवश्यक सम्पूर्ण सामानहरू फिट भैइसकेको , आवस्यक सम्पुर्ण स्टाफ राखिइसकिएको , अब अन्तिम टच र फिनिशिङको कार्य मात्र बाकी रहेको हुदा सम्भवत: श्रावण महिनाको पहिलो या दोश्रो साता मै सिने रोयल सञ्चालनमा आउने डा थापाले बताएका छन् ।











