नेपालगन्ज : नेपालगन्जमा २५ करोडको लागतमा तयार भएको लग्जरी मल्टिप्लेक्स सिनेमा हल ‘सिने रोयल आजदेखि शुभारम्भ भएको छ ।
मध्य तथा सुदुर पश्चिमको ब्यापारिक केन्द्र नेपालगन्जमा खुलेको उच्च प्रबिधी युक्त सिने रोयल सिनेमाहल लागतको हिसाबले नेपालकै एक हो ।
बिहीवार बिधिवत रुपमा सुरु गरिएको सिने रोयल थ्री वे डल्बी एटमस साउण्ड सिस्टम र फोर के लेजर प्रोजेक्टर प्रोजेक्सनमा आधारित मल्टिप्लेक्स सिनेमा हलमा एकैपटक ३ वटा फिल्म संचालन हुने छ ।
करिब २५ करोड लागतमा निर्माण सम्पन्न भएको सिने रोयलमा लक्जरी २ सय ५० जना सिट क्षमताका दुई वटा हल र अपाङ्तामैत्री पूर्वाधारसहितको १ सय ५० सिट क्षमताको एउटा हल रहेको छ ।

आर्थिक केन्द्र नेपालगन्जमा खुलेको सिने रोयलले नेपालगन्ज र नेपालका मात्रै नभएर भारतका सिनेमा पारखिको लागी केन्द्र हुने र नेपालगन्जको आर्थिक र पर्यटन बिकासमा मद्धत पुग्ने आशा लिएको संचालक डाक्टर राहुल थापा बताउछन् ।
हलमा नेपाली तथा विदेशी सबै प्रकारका फिल्म प्रदर्शन हुनेछ । नेपाली फिल्मलाई प्रदर्शनमा अन्य फिल्मभन्दा प्रथामिकता दिने सञ्चालक डा.राहुल थापाले बताए ।











