खजुरामा मानव बेचविखन नियन्त्रणका लागी विभिन्न क्षेत्रका ब्यक्तिहरुसंग छलफल

खजुरा : खजुरा गाउँपालिकामा मानव बेचबिखन नियन्त्रणका लागि वार्षिक कार्ययोजना अनुसार विभिन्न क्षेत्रका व्यत्तिहरु संग छलफल गरिएको छ ।

उक्त बैठक खजुरा गाउँपालिक अध्यक्ष डम्बर बहादुर विककाे अध्यक्षक्षता खजुरा गाउँपालिका उपाध्यक्ष मन्जु मल्ल , प्रमुख प्रशासकीय अर्जुन सुवेदी नेपाल स्थित अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोगकी उप निर्देशक लाेकतन्त्र तथा सुशासन अधिकृत नेतलिन बर्र्नार्द हाम्रो सम्मानका उपप्रमुख टंकरमज अर्याल , हाम्रो सम्मान परियोजना अन्तरगत माइती नेपाल केशव काेइरला ,स्थानीय मानव बेचविखन नियन्त्रण पालिका र वडास्तरीय समितिमा सदस्य लगाएको उपस्थिति रहेकाे थियाे ।

उक्त छलफलमा नियमित बैठक, तथ्यांक संकलन, वडास्तरीय मानव वेचविखन समिति गठन, पुनः गठित समिति र सरोकारवालासंग अन्तरक्रियात्मक कार्यक्रम सञ्चालन, पीडित व्यक्तिको उद्दार पुनःस्थापना तथा राहतका कार्यक्रम सञ्चालन गर्ने, सचेतनामुलक कार्यक्रम सञ्चालन, जोखिममा परेकालाई परामर्श दिइने, स्रोत नक्साकंन ,बेचविखन नियन्त्रणबारे छलफल भएकाे थियोे ।

छलफलमा खजुरा गाउँपालिका अध्यक्ष डम्बर बहादुर विकले जनतासँग प्रत्यक्ष जोडिएको स्थानीय सरकार भएकाले मानव बेचबिखन नियन्त्रणमा स्थानीय सरकारको महत्वपूर्ण भूमिका हुने बताए । मानव बेचबिखनको मूख्य कारण गरिबी भएकोले शिक्षा, बेरोजगारी समस्या समाधान गरी गरिबी निवारणबाट मानव बेचबिखनमा कमी ल्याउनेमा उनले जोड दिए ।

पालिका र वडामा समिति निर्माण भएकोले कार्ययोजनामा टेकेर समन्वयबाट काम गर्नु पर्नेमा अध्यक्ष विकको जोड थियो । गाउँपालिकाका अध्यक्ष डम्बर विकले समुदायमा जनचेतनाका कार्यक्रम सञ्चालन गर्ने, हराएका तथा बेचबिखनमा परेका महिला तथा बालबालिकाको खोजतलासलाई तीव्रता दिने, आवासीय विद्यालयलाई उद्धार गरिएका बालबालिका राख्ने वातावरण मिलाउनेलगायतका तयारी गाउँपालिकाले गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो “मानव बेचबिखनको जोखिममा रहेका र पीडित तथा प्रभावित परिवारलाई रोजगारीको पहिचान गरी रोजगार दिने काम पनि गाउँपालिकाबाट सुरु गरिने र गाउँपालिका संग सहकार्य गर्न सम्पूर्ण “मानव बेचबिखनको उद्दार गर्ने सस्थाहरुलाई अनुरोध गर्नुभयो ।

प्रतिक्रिया