ललित रौनियारको नेतृत्वमा साझा प्रजातान्त्रिक प्यानलको उम्मेदवारी घोषणा

नेपालगन्ज : नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनमा साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहले आफ्नो उम्मेदवारी सार्वजनिक गरेको छ ।

ललित कुमार रौनियारको नेतृत्वमा समूहले आज औपचारिक कार्यक्रममार्फत प्यानलका सम्पूर्ण उम्मेदवारको सार्वजनिक गरेको हो ।

प्रजातान्त्रिक समूहका तर्फबाट अध्यक्षमा ललित कुमार रोैनियार, उपाध्यक्ष (वाणिज्य) तर्फ बिष्णु प्रसाद श्रेष्ठ, (उद्योग) मोहम्मद सफिक बेहना र महिलातर्फ उपाध्यक्षमा करिश्मा योगी रहनुभएको छ ।

त्यस्तै संघको उप-महासचिव पदका लागि टेकबहादुर खड्का र कोषाध्यक्षमा मख्खनबहादुर धामीको नाम घोषणा गरियो ।

त्यसैगरी संघको सदस्यहरुमा व्यवसायी सुनिल भण्डारी, शिवप्रसाद दाहाल, विवेककुमार श्रेष्ठ, सन्तोषकुमार पौडेल, युवराज ढकाल, प्रमोदकुमार अग्रबाल, पदम श्रेष्ठ, कैफुल वरा जोलाहा, अतुल कुमार गुप्ता,बलबहादुर बिष्टको नाम घोषणा गरिएको छ ।

यसैगरी एशोसियट सदस्यमा प्रदीपकुमार गुप्ता र पुरुषाेतम अग्रवाललाई उक्त समुहले मैदानमा उतारेको छ ।

प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ बाँकेका अध्यक्ष संजय थापाको अध्यक्षतामा आयोजित घोषणा सभमा पार्टीका नेताहरु, जनप्रतिनिधी, उद्योगी, व्यवसायी लगायतको उल्लेख्य मात्रामा सहभागिता रहेको थियोे । 

प्रतिक्रिया