लुम्बिनी प्राविधिक बिश्व विद्यालयको जग्गाको बिषयमा खजुराको टोलि मन्त्रालयमा

नेपालगन्ज : खजुरा गाउँपालिका अध्यक्ष डम्बर बहादुर विककाे पहलमा लुम्बिनी प्राविधिक बिश्व विद्यालयको जग्गाको हालसाविक हुने निश्चित भएको छ ।

डेलिगेशन सहित काठमाडौं पुगेका अध्यक्ष विककाे टाेलीले यस सम्बन्धमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रन्जिता चौधरीसंग जोडदार आवाज उठाएका थिए ।

त्यसपछि मन्त्रालयका तर्फबाट उक्त जग्गा नेपाल सरकारको
नाममा हाल साविक गरि जग्गाको श्रेस्ता उपलब्ध गराउन सम्बन्धित निकायलाई पत्राचार गरिएको छ ।

नेपाल सरकारको नाममा दर्ता रहेको बाँके जिल्ला साविक रनियापुर गा.वि.स. वडा नं. ४ सिट नं. ०३५-१०४४ कित्ता नं. १ क्षेत्रफल ३४६०६५ वर्गमिटर, ऐ.ऐ. कित्ता नं. ४ क्षेत्रफल ८१३२० वर्गमिटर, ऐ.ऐ. वडा नं. १ सिट नं. ०३५-१००४ कित्ता नं. ५ क्षेत्रफल ७७८७५ वर्गमिटर ऐ.ऐ. वडा नं. ३ सिट नं. ०३५-१०४६, कित्ता नं. १क्षेत्रफल ७४६८० वर्गमिटर र ऐ.ऐ. वडा नं. ६ सिट नं. ०३५-१००६ कित्ता नं. १ क्षेत्रफल ३४८३५ वर्गमिटर जग्गा सरकारी जग्गा दर्ता, उपयोग तथा लिजमा उपलब्ध गराउने सम्बन्धी कार्यनीति, २०७९ बमोजिम ४०(चालिस) वर्षको लागि लुम्विनी प्राविधिक विश्व विद्यालय बाँकेलाई लिजमा उपयोग गर्न दिने सम्बन्धी फायल प्राप्त भई अध्ययन गर्दा उल्लेखित जग्गा हालसाविक गरेको नदेखिएकोले नेपाल सरकारका नाममा यथाशिघ्र हालसाविक गरी सोको स्रेस्ता तथा साविकको फिल्डवुक र स्रेस्ताको नक्कल समेत उपलब्ध गराउन नेपाल सरकारकाे सचिवस्तरीए निर्णय गरिएकाे हाे ।

बिश्वबिद्यालयको काम अब अगाडि बढाउने अध्यक्ष विकले बताए । लुम्बिनी प्राविधिक बिश्व विद्यालयको जग्गा प्रातिका लागि अध्यक्ष डम्बर बहादुर विक, पुर्व संविधानसभाउपसभामुख पुर्ण कुमारी सुवेदी , पुर्व युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) बाँके क्षेत्र नम्बर ३कि संघीय संसद आशा विक, पुर्व प्रदेश संसद आइपि खरेल , माओवादी केन्द्र खजुरा गाउँपालिका कमिटी अध्यक्ष राज कुमार विक खजुरा गाउँपालिका वडा नम्बर २का वडा अध्यक्ष धनीराम वली लगाएतकाे टाेली डेलिकेशनमा गएकाेे थियो ।

विश्वविद्यालयका लागि प्रदेश सरकारले १०० बिघा जग्गा आवश्यक पर्ने बताए पनि उक्त गाउँपालिकाले ११० बिघा जग्गा छुट्याएर हक हस्तान्तरण गर्न सिफारिस गरिसकेको छ । विश्वविद्यालयका लागि खजुरा गाउँपालिकाले वडानं ८ रनियापुरमा जग्गा प्रस्ताव गरिएको छ ।

प्रतिक्रिया