खगेन्द्र दाहाल, बाँके

कृषि प्रयोजनका लागी सिचाई मिटरको प्रयोग गरेको भन्दै बाँकेको खजुरा गाउँपालिका २ का किसानहरुको लाईन विद्युत प्राधिकरणले काटिदिएको छ ।
केहि दिन अघि केहि व्यवसायिक किसानको खेतबारीमा प्राधिकरणको फिल्ड कर्मचारीले सिचाँई मिटरको प्रयोग सिचाँई बाहेक अन्य कृषि काममा प्रयोग गरिरहेको भन्दै तुरुन्तै लाइन काटिदिएका हुन ।
किसानलाई विना जानकारी एक्कासि लाइन काटिदिएपछि किसानहरु भने रुष्ट भएका छन । सरकारले कृषि मिटर भनेर दिएको सहुलियत विजुलीको लाइन कृषि कामको लागी प्रयोग गर्न नदिएको भन्दै किसान रिसाएका हुन ।
खजुरा गाउँपालिका २ का च्याउ उत्पादक किसान प्रेम चौधरीले च्याउ उत्पादनका लागी पराल काट्दा र च्याउमा पानि सिचाँई गर्दा विद्युत प्राधिकरणले लाईन नै काटिदिएको गुनासो गरेका छन ।
कृषक चौधरीले च्याउ पनि कृषि कर्म भएकाले प्रयोग गरेको बताएपनि प्राविधिकहरुले ८ हजार ७ सय ४० रुपैया जरिवाना तिर्न पर्ने गरि कार्वाहि गरेको गुनासो गरेका हुन ।
नेपालगन्जमा किसानले कृषि कर्ममा कृषि मिटर प्रयोग गर्न नपाउनु भनेको सरकारको सहयोग नपाउनु सरह भएको बताएका छन । कृषक चौधरीले सिचाँई मिटरबाट च्याउको पराल काट्दा चरेस ल्याउने भन्दा ठुलो अपराध गरेको जस्तो सजाय पाएको बताए ।
प्रदेश नम्बर ५ का भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रि आरति पौडेलले नेपालगन्जमा आयोजना गरिएको एक कार्यक्रममा अब किसानहरुले सिचाँई मिटर बाट सम्पुर्ण कृषि उत्पादनको काम गर्न पाउने बताएपछि किसानहरुले कृषिको काममा सिचाँई मिटर प्रयोगमा ल्याउदा लाईन काटिएको गुनासो कृषक चौधरीले गरेका थिए ।
खजुरा गाउँपालिका २ कै अर्का किसान विरेन्द्र मुराउले विद्युतका कर्मचारीहरुले विना कारण किसानलाई दुख दिएको बताएका छन । कृषक मुराउले विना कारण आफ्नो सिचाँई मिटरको लाईन कर्मचारीले काटिदिएको बताए । जथाभावि लाइन काट्दै हिडेर किसानलाई दुख दिने काम बन्द गर्न मुराउले प्राधिकरणलाई सुभाव दिएका छन ।
खजुराका धेरै किसानको लाइइन यसैगरी काटिएको अगुवा किसान लाल बहादुर खत्रिले बताएका छन । किसानको लागी भनेर दिने सहुलियत दरको सिचाँई मिटरलाई पुर्ण रुपमा कृषि मिटरका रुपमा लागु गर्न पर्नेमा अगुवा किसान खत्रिले जोड दिएका छन ।
सिचाँई मिटरको बारेमा विद्युत प्राधिकरणले गरेको काम प्रति असन्तुष्ट व्यक्त गर्दे गाँउपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपतिलाई किसानहरुले गुनासो समेत राखेका थिए ।
पालिका अध्यक्ष कक्षपतिले खजुरा गाउँपालिका भित्र किसानले प्रयोग गर्ने सिँचाई मिटरको लाईन विना जानकारी नदिई तत्काल नकाट्न प्राधिकरणलाई परिपत्र गर्ने बताएका छन ।










