राजा बिरेन्द्रको शालिक पुनर्स्थापनाको लागी नेपालगन्जको २३ वटै वडामा ऐक्केबद्धता समूह गठनको घोषणा

नेपालगन्ज : नेपालगन्जको धम्बोझी चोक (बिरेन्द्र चोक) मा राजा बिरेन्द्रको शालिक पुनःस्थापन गर्ने भनेर सुरु भएको मातृभूमि नवनिर्माण अभियानले सबै राजनैतिक दलहरूलाई शालिक पुनर्स्थापनाको लागि सहयोग गरिदिन आग्रह सहितको पत्र हस्तान्तरण गरिएको जनाएको छ ।

अभियानले नेपालगन्जमा पत्रकार सम्मेलन आयोजना गरेर बाकेमा रहेका ९ वटा राजनैतिक दलहरूलाई धम्बोझी चोकमा राजा बिरेन्द्रको शालिक पुनर्स्थापनाको लागि सहयोग गरिदिन आग्रह सहितको पत्र हस्तान्तरण गरिएको जनाएको हो ।

पत्रकार सम्मेलनमा अभियानका संयोजक तेज बिक्रम शाहले “राजा बिरेन्द्र शालिक पुनर्स्थापना समिति,नेपालगंज, बाँके” गठन भएको आज दोस्रो महिनामा प्रवेश गरेको समेत जानकारी दिएका थिए ।

अभियानले नेपाली कांग्रेस बॉके, नेकपा एमाले बाँके,  नेकपा माओबादी केन्द्र बाँके, रास्ट्रीय स्वतन्त्र पार्टी बाँके, रास्ट्रीय प्रजातन्त्र पार्टी बाँके,  जनमत पार्टी बाँके, जनता समाजबादी पार्टी बाँके, रास्ट्रीय जनमोर्चा नेपाल र  राप्रपा नेपाललाई बीरेन्द्र चोकमा शालिक पुनर्स्थापनाको लागि सहयोग गरिदिन आग्रह सहितको पत्र हस्तान्तरण गरिएको अभियानका संयोजक तेज बिक्रम शाहले जानकारी दिएका थिए ।

साथै अभियानले स्व. राजा बीरेन्द्रको शालिक पुनर्स्थापनाको लागी दोस्रो चरणमा शालिक पुनर्स्थापनामा समर्थन जुटाउन जिल्ला स्थित राजनीतिक दलहरु संग सर्बदलीय बैठक गर्ने र  नेपालगंज उप-महानगरपालिकाका २३ वडाहरुमा नेपालगन्जको बीरेन्द्र चोकमा स्व. राजा बीरेन्द्रको शालिक पुनर्स्थापनामा सहयोग र समर्थन जुटाउनको लागि वडा संयोजकको संयोजकत्वमा प्रत्येक वडामा १५९ सदस्य रहने ऐक्केबद्धता समूह गठन जानकारी दिएको छ ।

हेर्नुस् अभियानले जारी गरेको प्रेस बिज्ञप्ती

प्रतिक्रिया