नेपालगन्ज : परिवर्तन समूह बाँके (चेन्ज टिम) ले जिल्लामा रहेका लागू औषध बिरुद्ध कार्य गर्ने सरोकारवाला विभिन्न संघ संस्था बिच समन्वयात्मक बैठक सम्पन्न गरेको छ ।
परिवर्तन समूह बाँके (चेन्ज टिम) ले सेभ द चिल्ड्रेनको सहयोगमा बाँके जिल्लामा रहेका सरोकारवाला निकाय बिच समन्वयात्मक बैठकको आयोजना गरेको हो ।
साथै सरोकारवालाको समन्वयात्मक बैठकमा सहभागीले जिल्लामा भएका पुनःस्थापन केन्द्रहरूको नियमित अनुगमन गर्ने र त्यसको रिपोर्ट सार्वजनिक गर्नुपर्ने धारणा राखेका थिए ।
लागू औषध बिरुद्ध कार्य गर्ने सरोकारवालाहरुको समन्वयात्मक बैठकमा जिल्लामा रहेका सबै संघ संस्था र निकायले एक अर्कासंग समन्वय गरेर कार्य गर्नु पर्ने र सोको लागी यस्ता समन्वयात्मक बैठक उपयुक्त हुने सहभागीहरुले जिकिर समेत गरेका थिए ।
चेन्ज टिमका परियोजना अधिकृत यशोदा ज्ञावाली र चेन्ज टिमको अध्यक्ष तथा रिकभरिङ नेपाल लुम्बिनी प्रदेश फोकल पर्सन प्रविण बिसी लगायतले चेन्ज टिमले गर्ने कार्यको बारेमा बताउदै चेन्ज टिमले जिल्लामा समन्वयात्मक भुमिका निर्वाह गर्दै आएको बताएका थिए ।
परिवर्तन समूह (चेन्ज टिम ) बाँकेले लगातार रुपमा एचआईभी एड्स , हेपाटाइटिस र लागू औषधको क्षेत्रमा काम गर्दै आएको र समुहले लागू औषध प्रयोगकर्ताहरुका लागि उपचारको वातावरण सृजना गर्दै आएको परिवर्तन समुहकी कार्यक्रम संयोजक इन्द्रा कुमारी जिसिले बताउनु।
समुहले मौखिक उपचार पद्धति, क्षती न्युनिकरण कार्यक्रम र पुनःस्थापन केन्द्रको माध्यमद्वारा लागू औषध प्रयोगकर्ताहरुलाई समाजमा पुनःस्थापना गर्दै आएको परिवर्तन समुहका अध्यक्ष प्रविण बिसिले जानकारी दिएका थिए ।
कार्यक्रममा स्वास्थ कार्यालय बाँकेका जनस्वास्थ्य निरीक्षक देव नारायण उपाध्याय, नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखाका प्रमुख राम बहादुर चन्द, भेरी अस्पताका कन्सल्टेन्ट फिजिसियन डा. दिप्ती काफ्ले, एनडीसे बाँकेका वीर बहादुर पुन, एएचएफ नेपाल कार्यक्रम संयोजक संजय कुमार पौडेल, चेन्ज टिमको प्रोग्राम कोर्डिनेटर इन्द्रा कुमारी जिसि, उमा सैनी, संतोष कुमार भट्ट, विवेक गुरुङ, बिरेन्द्र सिंह ठकुरी लगायतको सहभागीता रहेको थियो भने कार्यक्रमको सहजीकरण समेत चेन्ज टिमकी परियोजना अधिकृत यशोदा ज्ञावालीले गर्नु भएको थियो ।