नेपालगन्ज : नेपाल डेन्टल एसोसिएसन बाँकेको अध्यक्षमा डाक्टर प्रतीक श्रेष्ठ चयन भएका छन् ।
बुधबार नेपाल डेन्टल एसोसिएसन बाँके शाखाको बसेको बैठकले आपसी समझदारीबाट संयुक्त निर्णय लिई एसोसिएसन बाँकेको अध्यक्षमा डाक्टर प्रतीक श्रेष्ठ सहित ९ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको हो ।
गठित नयाँ कार्यसमितिको उपाध्यक्षमा डा. अर्सद रसिद, सचिवमा डा. पल्लभ कुमार उपाध्याय, सहसचिवमा डा. विषेश शाह र कोषाध्यक्षमा डा. सपना तिवारी चयन भएका छन् ।
त्यस्तै नेपाल डेन्टल एसोसिएसन बाँकेको नयाँ कार्यसमिति सदस्यहरुमा डा. बेला अग्रवाल, डा. प्रज्ञा मल्ल, डा. राजिभ मण्डल र डा. प्रतिभा शाही सुवेदी रहेका छन् ।