नेपालगन्ज उद्योग बाणिज्य संघको अध्यक्षमा फराकिलो अन्तरले धामी निर्वाचित

नेपालगन्ज : नेपालगन्ज उद्योग बाणिज्य संघको अध्यक्षमा टंककुमार धामी निर्वाचित भएका छन् । धामीले ललित रौनियारलाई ८९० मतान्तरले हराउँदै अध्यक्ष पदमा निर्वाचन भएका हुन् ।

धामीले २ हजार ४ सय ५६ मत पाउँदा रौनियारलाई १ हजार ५ सय ६६ मत पाए । यसैगरी नेपालगन्ज उद्योग बाणिज्य संघको खुला सदस्यतर्फको मतगणनाबाट १० जना निर्वाचित भएका छन् । जसमा समावेशी प्यानलबाट ७ जना र साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहबाट ३ जना सदस्यमा निर्वाचित भएका हुन् ।

निर्वाचन समितिका अनुसार समावेशी प्यानलबाट विष्णु श्रेष्ठ, डम्बरबहादुर चन्द, इन्दिराकुमारी शाही, तोपबहादुर थापा, सुदन केसी, टिकामणि उपाध्याय र बुद्धिबहादुर विके तथा साझा प्रजातान्त्रिक समूहबाट शिवप्रसाद दाहाल, युवराज ढकाल र सन्तोषकुमार पौडेल विजयी भएका छन् । पदाधिकारीतर्फको मतगणना भने जारी छ ।

बस्तुगतमा किसन गुरुङ, हिमनाथ पौडेल र विनय श्रेष्ठ निर्वाचित भइसकेका छन् । समान मत पाएका पौडेल र श्रेष्ठले आधा-आधा कार्यकाल बाँड्नेछन् । गुरुङले स्वतन्त्र उम्मेदवारी दिएका थिए भने पौडेल र श्रेष्ठले साझा प्रजातान्त्रिक समूहबाट उम्मेदवारी दिएका थिए ।

यस्तै एसोसिएटमा समावेशीका कमल कार्की र साझा प्रजातान्त्रिकका प्रदिपकुमार गुप्ता निर्वाचित भइसकेका छन् ।

प्रतिक्रिया