नेपालगन्ज – नेपालगन्ज उद्योग वाणिज्य संघको इतिहासमा एउटा अनौठो संयोग छ–महासचिव भएको व्यक्ति त्यो भन्दा माथी नपुग्ने ! जति पनि महासचिव भएका छन् उनीहरुले कित माथिल्लो पदमा प्रतिस्पर्धा गर्नै पाएनन् की त प्रतिस्पर्धा नै गरे पनि पराजित हुनुपरेको छ ।
संगठन र सचिवालय हेर्ने जिम्मेवारी पाएका महासचिवलाई भावी नेतृत्वकारुपम समेत हेरिन्छ । तर महासचिव भएकाहरु माथिल्लो पदमा नगएको पाईन्छ । अशोक कर्माचार्य, बिष्णु लामिछाने, श्याम शर्मा, अजय टण्डनसम्म आईपुग्दा त्यस्तै संयोग मिलेको छ । तर चिरिञ्जीवी ओली त्यस्ता महासचिव बनेका छन् जसले पुरानो संयोग तोडे ।
उनले भारती मतान्तरण सहित नेपालगन्ज उपमहानगरपालिकाका वडा नंं ४ का पूर्व वडा अध्यक्ष समेत रहेका सफिक बेहनालाई धेरै मतान्तरणले पराजित गरे । निर्बाचन आयोगको अन्तिम मतपरिणाम अनुसार ओलीले २१०५ मत ल्याए । सफिक बेहनाले १२३३ मत ल्याए । बाणिज्य उपाध्यक्षतर्फ हरिलाल न्यौपाने १७७६ मत सहित निर्वाचित भए । महिला उपाध्यक्ष तर्फ
मन्दिरा पांडेय १८७७ सहित बिजयी भइन । महासचिवमा भिम रानाभाट,उपमहासचिवमा टेकबहादुर खड्का र कोषाध्यक्षमा मख्खन धामी निर्वाचित भएको छन् । महासचिवको हकमा झिनो मतान्तर भए पछि बिवाद उत्पन्न भएको छ । महासचिवमा फेरि मतगणनाको माग गरिएको छ । ओली समावेशी प्यानलबाट अध्यक्ष पदका उम्मेदवार थिए । तर प्यानलमा सहमति जुटाउन उनले आफू उपाध्यक्षमा उठेर टंक धामीलाई अध्यक्षमा अघि सारे ।











