प्रथम खजुरा तिज महोत्सवमा राष्ट्रिय कलाकारको प्रस्तुती हुने

नेपालगन्ज ः बाँकेको खजुरा एक नम्बर बजारमा आयोजना हुन गैरहेको प्रथम खजुरा तिज महोत्सव तथा सांस्कृतिक कार्यक्रममा राष्ट्रिय कलाकारले समेत प्रस्तुती दिने भएका छन ।

खजुरामा सामाजिक कार्यमा क्रियासिल रहेको आदर्श युवा सञ्जालको मुख्य आयोजनामा असोज १ गते तिजको दिनमा हुन लागिरहेको तिज महोत्सवमा चर्चित लोक तथा दोहोरी गायिका टिका पुन र जय देवकोटाले प्रस्तुती दिने तय भएको सांस्कृतिक उप समितिका संयोजक खगेन्द्र दाहालले जानकारी दिए । साथमा मेरो डान्स युनिभर्सका टप १० मा पर्न सफल डान्सर दिलु सुनारको प्रस्तुती राखिने आयोजकले जनाएको छ ।

आदर्श युवा सञ्जालको मुख्य आयोजना र अन्य स्थानिय क्लवहरु न्यु डाँफे स्पोर्टस क्लव, बागमति स्पोर्टस क्लव, हिमालय सामुदायिक क्लव, न्यु दर्पण युवा क्लवको सह आयोजनामा हुन गैरहेको तिज महोत्सवमा सामुहिक तिज न्यृत्य प्रतियोगिता र एकल तिज न्यृत्य प्रतियोगिता मुख्य क्रियाकलाप हुन ।

यस सगैं राष्ट्रिय कलाकारको प्रस्तुती हुने भएपछि खजुरा एक नम्बर बजारको तिजको कार्यक्रम थप भव्य हुने भएको छ । बाँके जिल्लाकै ठुलो धनराशि पुरस्कारमा राखिएको कारणले पनि प्रतियोगि समुहहरुको सहभागिता उल्लेखनिय रहने विस्वास गरिएको छ ।

सामुहिक तर्फ प्रथम हुने टिमले ५० हजार नगद पुरस्कार पाउने छन । त्यस्तै दोश्रो हुने टिमले ३० हजार, तेश्रो हुने टिमले १५ हजार र सान्तावना हुने टिमले नगद १० हजार पाउने सांस्कृतिक उप समितिका संयोजक दाहालले जानकारी दिए । एकल तिज गित न्यृत्य प्रतियोगिताका विजयिहरुका लागि आर्कषक सुनका गहना उपहार पुरस्कारको रुपमा व्यवस्था गरिएको सञ्जालका अध्यक्ष कल्पना तामाङ्गले जानकारी दिइन ।

तिज महोत्सवको मुख्य उदेश्य रमाइलो मात्र नभएर सामाजिक सेवा र युवा विचको एकता रहेको सञ्जालका अध्यक्ष तामाङ्खले बताइन । महोत्सव हेर्न आउने दर्शकलाई निःशुल्क खानेपानीको व्यवस्था गर्न लागिएको सञ्जालका सदस्य तथा आर्थिक व्यवस्थापन उप समितिका संयोजक भरत जैसिले जानकारी दिए । पानि निःशुल्क खुवाउनका लागि खजुरा डि गाउँ निवासी हाल अमेरिका बस्ने लिल बहादुर थापाले आर्थिक सहयोग गर्ने निश्चत भएको जैसिले जनाए ।

सामुहिक पुरस्कारको लागी पनि समाजसेवी लिल बहादुर थापाले सहयोग पठाइसक्नु भएको जैसीले जानकारी दिए । खजुराको एक नम्बरमा हुने तिज महोत्सवलाई ५ देखी ७ हजार बढि दर्शकले अवलोकन गर्ने आयोजकले अपेक्षा गरेको छ । महोत्सवको उद्घाटन समारोहमा नैमति बाजा बजाएर पन्चेकन्या सहित सुरुवात गरिने गरि तयारी भैरहेको सञ्जालका सचिव सुवास निरौलाले जानकारी दिए ।

प्रतिक्रिया