हमास र इजरायल संघर्ष

बसन्त कुमार उपाध्याय 

७ अक्टुबर,शनिबारको एका विहानै देखि इजरायलमाथि प्यालेष्टाईनले स्थल र रकेट आक्रमण शुरु गरेपछी त्यहाँ युद्ध चलिरहेको छ ।

अन्तराष्ट्रिय सञ्चार माध्य,इजरायल स्थित नेपाली र सामाजिक सञ्जाल इजरायल र प्यालेष्टाइनको विषयमा केन्द्रित छन् ।
इजरायलको भूमी प्रवेश गरेका हमास लडाकुहरु विध्वसं मच्चाउँदै आफ्नो सरक्षित क्षेत्र फर्किन थालेका छन् । इजरायलले ठूलो सैन्य कारवाही अघि बढाएको छ ।
इजरायलमा सर्वसाधारण,विदेशी नागरिक र महिला तथा बालबालिकालाई हमास समुहले बन्धक बनाएर क्रुर तरिकाले हत्या समेत गरेका छन् । नेपाली विद्यार्थिहरु पनि यो आक्रमणको चपेटामा परेका छन् ।

मध्यपुर्व लडाइँमा इजिप्ट माथि कब्जा गरेको ३८ बर्षपछी सन् २००५ मा गाजा क्षेत्रबाट इजरायली सेना फर्कियो । त्यो क्षेत्र प्यालेष्टायनको नियन्त्रणमा भयो ।२५ जनवरी सन् २००६मा इस्लामीक समुह हमासले चुनाव जित्यो ।
निर्वाचन परिणाम पछी अमेरीका र इजरायलले त्यहाँ दिईने सहायत रोकिदिए । हमास समुहले इजरायललाई देशको मान्यता दिंदैन । हमास हिंसाको बाटोमा शुरु देखि नै अघि बढीरहेको संगठन पनि हो ।

के हो त हमास ?
प्यालेस्टायनका जनताको मुक्तिका लागी भनेर शेख अहमद यासीनले हमासको स्थापना गरेका थिए ।सन् १९८७मा इजरायलका विरुद्ध इंतिफदा गरेक थिए यासिनले । त्यो भनेको इजरायलसँग विद्रोह थियो ।

इस्लामी प्रतिरोध आन्दोलन हरकत अल-मुक्वाम अल- इस्लामिया अर्थात इस्लामिक रेसिसटेन्ट मुभमेन्ट सन् १९८७मा शुरु भयो । त्यो अभियानको सिद्धान्त मु्स्लिम ब्रदरहूडको विचारधारा निकट हो । यो इजिप्टबाट सञचालित संगठन भएपनि मध्यपुर्वमा यस्को भुमिका अपत्यारिलो देखिन्छ । इरानले त्यो मुभमेन्टलाई साथ दिएको थियो । मुस्लिम ब्रदरहुड सन् १९२० ताका देखि नै संगठित भएको संगठन हो ।सन् १९२८मा हसन अल-बन्नाले मुस्लिम ब्रदरहुड स्थापना गरेका हुन् । यता हमासले आफ्नो संगठनमा सन् १९९२मा सशस्त्र विभागको संरचना तयार पार्यो । सन् १९९३ देखि हमास लगातार इजरायल माथि आक्रमक रहँदै आएको छ ।

हमासले प्यालेस्टायनी लिबरेशन अर्गनाईजेशन(पिएलओ) प्रमुख राषट्रपति महमूद अब्बासलाई युद्धमा ठुलो क्षति पुर्याएको थियो ।सन् २००६को निर्वाचन हमासले जित्यो । गाजा क्षेत्रमा हमासको शासन छ । त्यही बेला सन् २००७ देखि प्यालेसटाईन गाजा क्षेत्र हमासको नियन्त्रण छ।

उता पिएलओ नेता अब्बासले गाजा क्षेत्रमा हमास समुहबाट ‘कू’ भएको आरोप लगाईरहे । यता हमासले अब्बासलाई हमास विरुद्ध षडयन्त्र गरेको आरोप लगायो ।
आफ्नो सशस्त्र गतिविधिलाई प्रतिरोध बताउँदै हमास समुह बर्षौं देखि लगातार इजरायल माथि आक्रमण गर्दै आईरहेको छ ।

हमसको तागत भनेको उस्को ‘इज़ अल-दीन अल-कसम ब्रिगेड’
हो । हमासको यो विभाग हातहतियार,बम सहित आत्मघाती कार्यकर्ताको ब्यवस्थापनका लागी कुख्यात छ ।
सन् १९९० ताका इजरायल र प्यालेस्टायनी लिबरेशन अर्गनाईजेशन(पिएलओ) बीच भएको ‘ओस्लो शान्ति सम्झौता’को उतिबेलै देखि हमासले विरोध गर्दै आईरहेको विषय हो ।

सन् १९८८ को दशक मै हमासका संस्थापक समुहले इजरायलको सरवनाश गर्न अपील गरिसकेका थिए । पछिल्लो आक्रमण त्यसकै निरन्तरता हो। हमास समुहमा प्रवेश गर्ने प्रत्येक सदस्यले इजरायल मेटाउनेछु भनेर सपथ सँगै क्रिया खाने गर्छन् ।

सन् १९६७मा भएको युद्ध ताका इजरायलको नियन्त्रणमा रहेको प्यालेष्टाइनको कतिपय स्थानलाई हमास कब्जा गरिएको रुपमा लियो । त्यो त्यस्तो अवधि थियो जतिबेला हमासले दिर्घकालिन संघर्ष विरामका लागी भनेर ‘हुदना’को प्रस्ताव गरेको थियो । तर इजरायलले त्यो प्रस्तावलाई षडयण्त्र भनेर खारेज गरिदियो ।

हमासलाई लिएर विश्व समुदाय ध्रुविकृत छन् । जस्तो कि अमेरिका,युरोपीय संघ,क्यानडा,इजिप्ट र जापान हमास समुहलाई आतंकवादी संगठन भन्छन् । यता ब्राजिल सहित चीन,इरान,नर्वे,कतार,रुस,सिरिया र टर्की सहितका राष्ट्र हमास समुहलाई आतंकवादी संगठन नभएको मान्यता दिन्छन् ।

हमासका लागी काम गर्नेहरु संसारभरीबाट संगठनका लागी काम गर्छन् । खासगरी अमेरिकाको नीतिको विरोध गर्ने अन्य संगठनसँग पनि हमासले सहकार्य गर्छ । जस्तो कि लेबनान,सिरिया र ईरानमा सक्रिय रहेको शिया इस्लामी समुह हिजबुल्लासँग हमासको निकटता रहेको देखिन्छ । हमास र हिज्बुल्ला संगठनका नेताहरु कतार लगाएतका मध्य पुर्वका अरु देशहरुमा समेत सक्रिय रहेका हुन्छन् ।

पछिल्लो २ दिन देखि जारी युद्धमा इजरायलको खुफिया संस्थाको असफलता देखियो । उता हमासले रणनीतिक रुपमा इजरायल प्रवेश गरेर वस्ति र शहरमा गरेका धरपकड,आक्रमण,हत्याले इजरायलले हमासको समाना गरिरहनु परेको छ ।

प्रतिक्रिया