
प्रिय कमरेडहरु, न्यानो अभिबादन
नेपालमा २००६ सालमा कम्युनिस्ट पार्टीको स्थापना पश्चात त्यसको करिब सात दशकको दौरानमा धेरै नेता,कार्यकर्ता र शुभचिन्तकले योगदान दिनुभएको छ । हजारौ नेता कार्यकर्ताले बलिदान गरेको पार्टीमा जोडिन पाउँदा म आफैले गर्वको महसुस गरेको छु । पुस्पलालहरुले देखेको सपना पूरा गर्न अहिले आफ्नै गाउँ ठाउमा पार्टीको पुर्णकालिन सदस्यका रुपमा खटिन आएको छु ।
देश र जनताको सेवा र आफ्नो समाजको बिकास र समृद्दिका लागि २०७४ सालदेखी निरन्तर रुपमा नेकपा एमालेको मुल मोर्चामा आबद्ध भएर काम गरिरहेको छु । मेरो महान कार्यमा सबैको साथ र सहयोग हुदै आएको छ । जब २०७८ पुस ५ गते नेकपा फुटको अबस्थामा पुगेपछी नेकपा एमालेको लुम्बिनी प्रदेश कमिटी सदस्यका रुपमा २०८० भदौ १५ गतेसम्म करिब (८ महिना) काम गरेको थिए । त्यसपछी नेकपा एमालेको लुम्बिनी प्रदेशको भदौ १६ र १७ गते बुटवलमा सम्पन्न प्रथम अधिबेशनबाट निर्बाचित भएर हाल बबई गाउँ कमिटीको ईन्चार्जको रुपमा खटिएको छु ।

बबई गाउँ पालिका नेता, कार्यकर्ता, शुभचिन्तक अत्यधिक भएको र पार्टी सङ्गठन, भातृ सस्था निकै सशक्त रुपमा रहेका छन । ती सस्थालाई थप ब्यबस्थित र चलायमान बनाउन मैले ईन्चार्जका हैसियतले थप सहयोग र सुझाब दिने प्रतिबद्धता व्यक्त गर्दछु ।
प्रिय कमरेडहरु,
बबई गाउँ पालिका हिजो नेत्रलाल बुढाथोकीले योगदान गरेको प्रेमबहादुर थापाले मेहनत गरेको बलिभद्र वलीले निर्माण गरेको सङ्गठन र त्यसमा मोहनलाल भारती, प्रेमबहादुर खत्री, बिरबहादुर खड्का, तिलकबहादुर डाङ्गी, धनिराम चौधरीले गरेको अथक संघर्षले बनेको पार्टी हो ।
हिजोका नेता कार्यकर्ताले गरेको अथक मेहनत र परिश्रमले २०७४ सालमा नेकपा एमालेले स्थानीय तहको निर्बाचनमा बहुमतसहित चुनाब जितेको समेत तपाईं सबैलाइ थाहा छ । भुबनेश्वर पौडेलको नेतृत्वको स्थानीय सरकारले उदाहरणीय काम गरेको छ । यसको ठिक ढंगले प्रचार गर्न नसक्दा र नेता कार्यकर्तामा देखिएको बेमेल, पार्टी फुटले २०७९ सालको निर्बाचनमा नोक्सान ब्यहोर्नु परेको हो ।
प्रिय कमरेडहरु,
नेकपा एमालेको लुम्बिनी प्रदेशको बुटवलमा असोज १९ गते सम्पन्न प्रथम पुर्ण बैठकले मलाई बबई गाउँ कमिटीको ईन्चार्जका रुपमा खटाएको छ । मैले पार्टीका पुराना, नया सबै नेताहरुलाई भेट्ने छु । पार्टीलाई थप बलियो बनाउन र स्थानीय, प्रदेश र प्रतिनिधिसभाका निर्बाचन तथा अन्य स्थानीय संघ/सस्थाका निर्बाचनमा पार्टीका उम्मेदवारलाई बिजय बनाउन सल्लाह, सुझाब र तपाइहरुका धारणा समेत माग गर्ने छु ।
म आफू पनि बबईबासी भएको नाताले सबै साथीहरुसङ्ग प्रत्यक्ष भेट्ने र पार्टीलाई बबईमा बलियो बनाउन कसरी सकिन्छ भन्ने ढंगले काम गर्ने छु । साथै मैले यहाँ नाम नलिएका तर, बिगतमा ठूलो योगदान गरेका धेरै नेता, कार्यकर्ता रहेका छन । उनिहरुलाई साथमा लिदै ८४४ पार्टी सदस्य, शुभ चिन्तकका सुझाब र सल्लाहलाई शिरोधर गरेर अघि बढ्ने छु ।
पार्टीमा हिजो ठूलो योगदान गरेका नेता, कार्यकर्ता, सम्पर्क बाहिर रहनु भएको छ । पार्टीलाई हिजो अफ्ठेरो परेको बखत योगदान गरेको परिवार सन्तुष्ट छैन । यस्तो अबस्था कसरी भयो, यसको गम्भीर समीक्षा गरेर असन्तुष्ट रहनु भएका नेता कार्यकर्तालाई समेत तपाइले योगदान गरेको पार्टीमा फर्किन र सङ्गठन निर्माणका लागि तपाइलाई उचित जिम्मेवारी दिने समेत सार्बजनिक रुपमा प्रतिबद्धता ब्यक्त गर्दछु ।
त्यसैले, प्रिय कमरेडहरु पार्टी निर्माणका क्रममा कोहि अघि, कोहि पछि जोडिन सक्छ, मुख्य विषय पार्टीलाई बलियो बनाउन सबैले सकेको योगदान गरौ । बबईमा फेरि नेकपा एमालेको बहार ल्याउन आबश्यक छ । यसका लागि आजैदेखी म मेरो कार्यक्षेत्रमा रहेको छु, तपाईं पनि पार्टी निर्माणमा लाग्नुस । बबईमा नेकपा एमाले बनाउन सबै जुटौ हार्दिक अभिबादन सहित !
(ओली नेकपा एमाले लुम्बिनी प्रदेश सदस्य तथा बबई गाउँ कमिटी ईन्चार्ज हुनुहुन्छ)