नेपालगन्ज :

कम्प्युटर एशोसिएशन बाँकेको आयोजना तथा क्यान इन्फोटेक प्रदेश नं ५ को संयोजनमा बाँकेको नेपालगन्जमा चलेको क्यान इन्फोटेक बाँकेको सूचना सञ्चार तथा प्रविधि प्रदर्शनी भव्य रुपमा सम्पन्न भएको छ ।
विद्यालयका विद्यार्थीहरुलाई लक्षित गरेर र सूचना सञ्चार तथा प्रविधिको बारेमा जानकारी दिने उद्देश्य राखेर राखिएको प्रदर्शनीमा विद्यालयहरुको परीक्षाको कारण र अहिले फैलिएको कोरोना भाइरसका कारण सोचे अनुरुप प्रदर्शनी अवलोकन गराउन नसकिएको क्यानका पूर्व केन्द्रीय उपाध्यक्ष सञ्जय थापाले बताउनुभयो ।
उक्त समापन कार्यक्रममा २ लाख २५ हजार मूल्य पर्ने २ वर्षे वारेन्टी भएको एसोस कम्पनीले निकालेको ड्युल स्क्रिन भएको ल्यापटप पनि नेपालगन्जमा लन्च गरिएको छ ।
क्यानका केन्द्रीय उपाध्यक्ष रेशम गिरी, पूर्व उपाध्यक्ष सञ्जय थापा, क्यान बाँकेका अध्यक्ष रमणि प्रसाद शर्मा, क्यान प्रदेश नं ५ का अध्यक्ष रोशन कंडेल, क्यान केन्द्रीय सदस्य धुव्रराज शर्मा, क्यान निवर्तमान बाँके अध्यक्ष भोजराज तिमिल्सिना लगायतले उक्त ल्यापट एकसाथ लन्च गरेका थिए ।
क्यान प्रदेश नं ५ का अध्यक्ष रोशन कंडेलले नेपालगन्जमा स्थानीय निकायहरुले प्रविधिलाई नबुझेको बताएका थिए । उहाँले काठमाण्डौं बुटवल लगायतका शहरमा यस्ता प्रदर्शनी राख्दा स्थानीय सरकारले सहयोग गर्ने गरेको तर यहाँ अझै नबुझेको महसुस गरेको बताउनुभयो ।
अहिले देशमा कोरोना भाइरसको त्रासका बाबजुद पनि क्यान बाँकेले कार्यक्रम सफल पार्न सकेको क्यान बाँकेका अध्यक्ष रमणि प्रसाद शर्माले बताउनुभयो ।
यस्तो परिस्थितिमा पनि कार्यक्रम सफल पार्न सहयोग गरेकोमा मिडियाहरु, सहयोगी संस्थाहरुलाई, क्यानसंग आवद्द सबैलाई , स्थानीय सरकार सबैलाई धन्यवाद दिनु भएको थियोे । कार्यक्रममा भाइलेन्ट, वल्ड लिङ्क, स्मार्ट फोन, प्रभुपे , स्थानीय निकाय, त्रिभुवन माध्यमिक विद्यालय लगायतले सहयोग गरेका थिए ।
नेपालगन्जमा रहेको होटल सिद्धार्थ एण्ड हस्पिटलिटीमा फागुन २० गते देखि चलेको प्रदर्शनीको आजको समापन कार्यक्रममा अध्यक्षता क्यान बाँकेका अध्यक्ष रमणि प्रसाद शर्मा, प्रमुख अतिथि क्यान केन्द्रीय उपाध्यक्ष रेशम गिरी, अतिथिहरुमा क्यान पूर्व केन्द्रीय उपाध्यक्ष सञ्जय थापा, क्यान प्रदेश नं ५ का अध्यक्ष रोशन कंडेल , क्यान केन्द्रीय सदस्य धुव्रराज शर्मा, लेखा संयोजक भिमसेन गिरी, क्यानका केन्द्रीय तथा प्रदेश र बाँकेका पदाधिकारीहरु रहेको कार्यक्रममा मिडियाहरुलाई, सहयोगी दाताहरुलाई , स्वयंसेवकहरुलाई सम्मान पत्र वितरण गरिएको थियोे । उक्त कार्यक्रम क्यान बाँकेका सचिव दिपक खड्काले गर्नु भएको थियोे ।









