
नेपालगन्ज : अंग्रेज़ी नयाँ बर्षको उपलक्ष्यमा नेपालगन्जको होटेल बाटिकाले ‘न्यु इयर इभ’ कार्यक्रम गर्ने भएको छ । होटलले मंगलबार पत्रकार सम्मेलन गरेर कार्यक्रमको जानकारी दिएको हो।
नयाँ जोश, जाँगर र उत्साहका साथ रमाइलोसँग अंग्रेज़ी नयाँ वर्ष २०२४ मनाउने उद्धेश्यले कार्यक्रम आयोजना गर्न लागिएको होटलका म्यानेजर तथा ‘न्यु इयर इभ’ कार्यक्रमका इभेन्ट म्यानेजर सत्या चौधरीले बताए।
‘न्यु इयर इभ’ कार्यक्रमलाई बिशेषत थारु कल्चर संग जोड्दै यसपालि नेपालगन्जमा थारु परिकार संगै अन्य परिकारको साथमा नयाँ बर्ष बिशेष कार्यक्रममा हुने चौधरीले जानकारी दिए ।
कार्यक्रममा थारु कल्चरल डान्स, थारु कल्चरको जानकारी सहितको परिकार, डिजे लगायतको सुबिधा हुने होटेलका सिइओ प्रदिप दिक्षितले बताएका छन् ।
होटेल बाटिकामा हुने ‘न्यु इयर इभ’ कार्यक्रममा ३ सय जना सहभागी हुन सक्ने आयोजक होटेलले जनाएको छ भने कार्यक्रमको टिकटको लागी होटेलमा नै सम्पर्क गर्न सकिने बताइएको छ ।
त्यस्तै टिकट शुल्क १२ सय ५० रहेको जनाएको छ भने ५ देखी १२ बर्षका बालबालिकाको लागी ५० प्रतिशतको छुट रहने होटेलले जनाएको छ । उता होटेलले टिकट शुल्कमा अनलिमिटेड खानाको परिकार तथा एक वटा क्यानमा (अल्कोहल युक्त) पिए पदार्थको समेत सुबिधा हुने जनाएको छ ।