नेपालगन्ज : विभिन्न महत्वपुर्ण निर्णयहरु पारिद गर्दै खजुरा गाउँपालिका गाउँसभाको १४ औं अधिवेशन सम्पन्न गरेको छ ।
‘हामी आफैँ बनाउँ हाम्रो खजुरा, आत्मनिर्भर र समृद्ध खजुरा’ भन्ने नाराका साथ पुषको २५ गते गाउँसभा सम्पन्न भएको हो ।
बुधबार गाउँसभामा पेश भएका, कानुन, ऐन संशोधन तथा अर्धवार्षिक रुपमा
भएमा योजनाहरुको कार्यप्रगतिको समीक्षा गर्दै गाउँसभा सम्पन्न भएको हो ।
गाउँपालिकाको विकासका लागि विभिन्न नयाँ योजना र केहि योजनाहरुलाई संशोधन गरी काम गर्ने निर्णय भएको खजुरा गाउँपालिका अध्यक्ष डम्बर बहादुर विक तुफानले बताए ।
उनले भने, ‘गाउँपालिकावासीले हामीलाई ५ वर्षको लागि काम गर्ने अवसर दिनु भएको छ । हाम्रा माझ अवसर र चुनौति दुबै छन् । खजुराको सम्रग विकासका लागि पालिकाले निजि क्षेत्रसँगको साझेदारी गरेर अगाडी बढन चाहन्छ ।
पालिकाले आफनो स्रोत र केहि महत्वपुर्ण योजना केन्द्र, प्रदेशको अनुदानमा सम्पन्न गर्नेछ । पाँच वर्षे र गौरवका योजनालाई हामी उच्च प्राथमिकताका साथ सम्पन्न गर्ने लक्ष्य सहित अगाडी बढेका छौं ।’ अध्यक्ष बिकले बताए ।
खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर विकको सभाध्यक्षमा भएको कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष मन्जु मल्लले चालु आर्थिक वर्षको निति, कार्यक्रम तथा बजेट समिक्षा बक्तव्य प्रस्तुत गरेकी थिइन । सभाले कार्यक्रमहरु संसोधन सहित पारित गरेको छ । खजुराले ऐन,कार्यिवधि, निर्देशिका पेश पारित तथा संसाेधन सम्बन्धी विधेयक २०८० पारित गरेको हो ।