खजुरामा छैठाैं अन्तरविद्यालय रनिङ शिल्ड प्रतियोगिताको लागी सचिवालय उद्घाटन

नेपालगन्ज : खजुरा गाउँपालिका खेलकुद बिकास समितिको आयोजनामा संचालन हुने छैठाैं अन्तरविद्यालय रनिङ शिल्ड प्रतियोगिताको लागी सचिवालय उद्घाटन गरिएको छ ।

जनता माध्यमिक विद्यालय सन्तकुटीको ब्यवस्थापनमा आयोजना हुने छैठाैं अन्तरविद्यालय रनिङ शिल्ड प्रतियोगिताको सचिवालय उद्घाटन गरिएको हो ।

खजुरा गाउँपालिका अध्यक्ष डम्बर बहादुर बिक तुफान तथा खजुरा गाउँपालिका वडा नम्बर दुईका अध्यक्ष धनराम ओलीले प्रतियोगिताको लागी सचिवालय उद्घाटन गर्नुभएको खजुरा गाउँपालिका खेलकुद बिकास समितिको सदस्य सचिव छवि बिष्टले जानकारी दिएका छन् ।

खजुरा गाउँपालिका खेलकुद बिकास समितिको आयाेजनामा जनता माध्यमिक विद्यालयको ब्यवस्थापन तथा संचालनमा माघ ७ गते देखी १० गतेसम्म चल्ने छ ।

प्रतिक्रिया