नेपालगन्जमा माघे सकराती विशेष कार्यक्रम आयोजना हुँदै

नेपालगन्ज : मगर समुदायको प्रमुख राष्ट्रिय सांस्कृतिक चाड माघे सकरातीको अवसरमा नेपाल मगर संघ नेपालगन्ज उपमहानगरपालिका समितिले भब्यरुपमा मनाउने तयारी गरेको छ ।

नेपाल मगर संघ नेपालगन्ज उपमहानगरपालिकाको आयोजना र सह आयोजनामा नेपाल मगर संघ खजुरा गाउँपालिका, नेपाल मगर संघ डुडुवा गाउँपालिका , नेपाल मगर संघ राप्ती सोनारी गाउँपालिका र नेपाल जनजाति युवा महासंघ बाँकेको सहकार्यमा आफ्नो प्रमुख पर्वका अवसरमा पुस २८ गते शनिबार राझा एयरपोर्ट पशुपति मन्दिर परिसरमा माघे सकराती भब्यरुपमा मनाउने तयारी भइरहेको नेपाल मगर संघ नेपालगन्ज उपमहानगरपालिकाका अध्यक्ष राजन राना मगरले बताएका हुन् ।

मगर समुदायको प्रमुख राष्ट्रिय सांस्कृतिक चाड माघे सकराती कार्यक्रममा शुभकामना आदान प्रदान तथा मौलिक साँस्कृतिक प्रदर्शनी कार्यक्रमको समुद्घाटन लुम्बिनी प्रदेश माननीय माया पुन मगरको उपस्थित हुने छ । कार्यक्रममा मगरहरुको मौलिक साँस्कृतिक प्रर्दशनी, मौलिक मगर खाना तथा पोशाकहरुको प्रर्दशनी गरिने बताइएको छ ।

माघे सकराती चाड विशेष गरी चेलीको पर्वको रुपमा मनाइन्छ । नयाँ यामको सुरुवात यसै दिनदेखि उभौली सुरुभई साउने सकरातीमा समापन भई सोही दिनदेखि उद्यौली सुरु हुने प्रचलन छ ।

यस चाडमा चेलीहरुले मूलको पानी र जमरा स्वरुप जौं को पूलमाला लिएर घरको धूरी खाँबोमा पूजा गर्ने गरिन्छ यस दिन छोरी चेलीहरुलाई पूजा गर्ने गरिन्छ । चामलको सेतो टिका र जौं पाटीको फुल लगाई दक्षिणा अनि आर्शिवाद दिने चलन छ ।

माघे सकरातीको दिन छोरी चेलीहरुलाई मिस्रा (उपहार) दिने गरिन्छ घरमा आएका चेलीहरुलाई घरमै र आउन नसकेका छोरीचेलीलाई उनीहरु कै घर–घरमा पठाइदिने गरिन्छ ।

प्रतिक्रिया