नेपालगन्जमा हासको छोइला ब्राण्डिङ गर्ने ‘राजकुमार’

नेपालगन्ज : हाँसको छोइला ! नेपालगन्जमा रुचिको परिकारमा पर्न थालेको छ । किसानले हाँस पाल्न छाड्दै गर्दा यसको छोइलाको स्वाद मिठो मान्नेहरु धेरै छन् ।

हाँसको छोइलालाई स्वादिष्ट बनाएर नेपालगन्ज र आसपासको शहरमा परिचित बनाउने श्रेय खजुरा स्थानिय बासिन्दा समेत रहेका नेपालगन्ज न्युरोडको फेवा रेस्टुरेन्टका संचालक राजकुमार थापालाई जान्छन् ।

जसले हाँसको छोइलालाई ब्राण्डिङ मात्रै गराएनन् गाउँका किसानलाई हराउँदै गएको हाँस पालनमा समेत प्रोत्साहन गरिरहेका छन् ।

थापा भन्छन्,काठमाडौंमा हाँसको छोइला खाएको थिए त्यही देखेर नेपालगन्जमा पनि सम्भावना खोज्दै बनाउन शुरु गरेको हुँ । अहिले हाँसको छोइला खोज्दै म कहाँ आउनेहरु धेरै हुनुहुन्छ ।’ हाँसको छोइला विक्रीका लागि नै थापाले २०६८ सालबाट नेपालगन्जको न्यूरोडमा फेवा रेष्टुरेन्ट शुरु गरेका थिए ।

म कहाँ मुख्यत हाँसको छोइलाकै लागि ग्राहकहरु आउँछन् । यो बिशेष परिकारका रुपमास्थापित भएको छ ।’ थापा भन्छन्,हाँसको छोइलाको विक्री बढेपछि हाँस पालनमा समेत प्रोत्साहन भइरहेको छ ।’ उनका अनुसार, फेवामा मात्रै मासिक सयवटा जति हाँसको छोइला विक्री हुन्छ ।

ती हाँसहरु बर्दियामा ल्याउनुपर्ने बाध्यता छ । बाँकेमा खासै हाँस नहुने भएकाले बर्दियाबाट ल्याउने गरिएको बताउँदै थापा भन्छन्,एउटा हाँसको मूल्य न्यूनतम एक हजारदेखि दुईहजारसम्म पर्छ । बाँकेमै हाँसपालनको वातावरण भए राम्रो हुन्थ्यो ।’

हाँसको छोइलाको माग धेरै हुने भएकाले हाँसपालनमा समेत प्रोत्साहन गर्ने हो भने कृषकलाई फाईदा हुने देखिन्छ । तर त्यता तर्फ कसैको ध्यान गएको देखिदैन । थापा भन्छन्,यसबाट हामीलाई मात्रै होइन किसानलाई पनि प्रत्यक्ष फाईदा पुग्छ । त्यसैले हाँसपालनलाई प्रोत्साहन गर्नुपर्छ ।’

प्रतिक्रिया