जे एसमा फुड फेस्टिभल कार्यक्रम : शिक्षक तथा विद्यार्थीले बनाएका परिकार प्रदर्शनीमा

नेपालगन्ज : नेपालगन्ज कोरियनपुरस्थित जे.एस. इङ्लिस बोर्डिंङ स्कुलले फुड फेस्टिभल कार्यक्रमको आयोजना गरेको छ । आफ्नै विद्यालय प्राङ्गणमा आज शुक्रबार फुड फेस्टिभल कार्यक्रम आयोजना गरिएको हो।

शिक्षक तथा विद्यार्थीले बनाएका बिभिन्न परिकार प्रदर्शनीमा राखिएको थियो । भने विद्यार्थीले सांस्कृतिक कार्यक्रम समेत गरेका थिए । कक्षागत पढाईसँगै व्यवहारिक ज्ञानमा जोड दिँदै विद्यालयले यस्तो कार्यक्रम गरेको विद्यालयका प्रिन्सिपल राजु मल्लले बताउनुभयो ।

विद्यालयले हरेक वर्ष विद्यार्थी अन्तर निहित प्रतिभा तथा क्षमता प्रस्फुटन गराउन यस्ता खालका रचनात्मक क्रियाकलापहरु गर्दै आएको विद्यालयका सहायक प्रिन्सिपल महेन्द्र सेडाई बताउनुहुन्छ ।
फुड फेस्टिभलबाट कुन परिकार कसरी पकाईन्छ? त्यसमा प्रयोग हुने सामाग्री लगायतका व्यवहारिक ज्ञान समेत पाएको सहभागी समुहका विद्यार्थी अनमोल कँडेलले बताए ।

विद्यार्थीलाई चार समुह (House) मा बाँडेर विभिन्न परिकारहरु बनाउन लगाईएको थियो | बनाईएका परिकारहरु स्कुलका विद्यार्थी तथा अभिभावकहरुले पैसा तिरेर खाएका थिए। समुहमा बनाईएका परिकारहरु स्वादिष्ट रहेको अन्य विद्यार्थीको प्रतिक्रिया रहेको छ |

प्रतिक्रिया