नेपालगंज मेडिकल कलेज र लखनऊकाे अपोलो अस्पताल बीच सहकार्य

नेपालगन्ज : स्वास्थ्य सेवामा थप प्रभावकारी सेवा प्रदान गर्न नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगंज र भारतको लखनऊ स्थित अपोलो मेडिक्स अस्पताल बीच सहकार्य भएको छ ।

शनिवार नेपालगन्ज उपमहानगरपालिकाका नगरप्रमुख प्रशान्त बिष्टकाे उपस्थितिमा नेपालगन्ज मेडिकल कलेजका प्रबन्ध निर्देशक डा सुरेश कनाैडिया र एपोलो लखनउका निर्देशक मंयक साेमनियले सहकार्य उद्घाटन गरे ।

याे सहकार्यले नेपालगंजमा केही निःशुल्क उपचार सेवा, विभागीय विषयका सेमीनार तथा यहाँ कार्यरत चिकित्सकसँग अन्तक्रिया गरी बिरामीको स्वास्थ्य सेवामा गुणस्तरीय सेवा प्रदान गर्न थप सहजता मिल्ने नेपालगन्ज मेडिकल कलेजका संस्थापक तथा प्रबन्ध निर्देशक डा सुरेश कनाेडियाले बताए ।
बिरामीलाई सुपरस्पेशालिटी सेवाहरु क्यान्सर रोग, आई. भि.एफ सेवा, मुटु रोग, मुटु को शल्यक्रिया, प्लास्टिक सर्जरी सेवा, क्यान्सर सर्जरी प्रदान गरिने छ ।

नेपालगंज मेडिकल कलेज शिक्षण अस्पतालमा हुन नसक्ने सेवाहरु मात्र अपोलो अस्पताल लखनऊ बिरामीको आवश्कता अनुसार रिफर हुन सक्ने डा कनाेडियाले बताए ।

नेपालगंज मेडिकल कलेज र अपोलोबिचकाे सहकार्यले पश्चिम नेपालमा बिरामीहरुले सुपरस्पेशालिटी परामर्श/ उपचारको सेवा आफ्नै शहरमा पाउने छन् ।

बिरामीले उत्कृष्ट विश्वस्तरको स्वास्थ्य सेवा पाउने कनाेडियाले जानकारी दिए । अपोलो अस्पताल, लखनऊमा रेफर भएका बिरामीले पहिलो फलोअप निःशुल्क हुनेछ । दोश्रो फलोअपबाट विरामीले ओ.पि.डि चार्जमा २० प्रतिशत छुट,

विरामीले अपोलो अस्पताल, लखनऊमा हुने ओ.पी. डी पर्चामा ल्याव र रेडियोलोजी परिक्षणमा २० प्रतिशत, बिरामी भर्ना हुनु परेमा अपोलो अस्पताल, लखनऊमा हुने ल्याब र रेडियोलोजी परिक्षण, आई.पि.डि बिल र अन्य प्रक्रियामा १० प्रतिशत छुट पाउनेछन् ।

नेपालगंज मेडिकल कलेज नेपालगंज (नर्सिङ्ग होम) बाट लिएको आधिकारिक रेफरल कार्ड देखाएमा मात्र बिरामीले सुविधा पाउने अस्पतालले जनाएको छ ।वि.सं.२०५३ सालमा स्थापना भएर नेपालको स्वास्थ्य तथा चिकित्सा विज्ञान क्षेत्रमा नेपालगंज मेडिकल कलेज शिक्षण अस्पतालले आफ्नो सेवा प्रदान गर्दै आई रहेको छ ।

प्रतिक्रिया