कोरोनाको कहर संगै नेपालगन्जमा सजियो होलिको बजार (फोटोकथा)

नेपालगन्ज :

विश्वब्यापी रुपमा कोरोना भाइरसका कारण त्रास बढिरहेको बेला होलिमा हुन सक्ने भिडभाड तथा अबिर संगै रङ्ग खेलेर होलि मनाउने सम्भावनालाई मध्यनजर गर्दै सरकारी तवर देखि नै त्यस्ता क्रियाकलाप र रङ्ग तथा पानीले होलि नखेल्न , सभा सम्मेलन जस्ता ठुला कार्यक्रम नगर्न सरकार तथा विभिन्न संस्था तथा नागरिक समुदायबाट आव्हान गरिरहदा कोरोनाको कहरका बिच नेपालगन्जमा होलिका सामाग्रीहरुले बजार सजिन थालेका छन् ।

नेपालगन्जको त्रिभुवन चोकमा हरेक बर्ष झै यो बर्ष पनि होलिलाई नै लक्ष्यित गर्दै त्यस्ता सामाग्रीको पसल सडगको बिचमा शनिबार देखि देखिएका छन् ।

होलिमा नेपालगन्ज लगायत आसपासका क्षेत्रहरुमा ठूलो संख्यामा मानिसहरु जम्मा भएर रङ्ग , अबिर र पानी सहित होलि खेल्ने प्रचलन रहेको छ भने होलिलाई नै मध्यनजर गर्दै ठुला साङ्केतिक कार्यक्रमहरु समेत खुल्ला स्थानमा हुने गर्दछन ।

हेर्नुस् तस्वीर नेपालगन्जको त्रिभुवन चोकमा होलिलाई नै लिक्ष्यत गर्दै राखेको बजार ।

प्रतिक्रिया