नेपालगन्ज : प्लाईउड उद्योगमा देशभर ख्याती कमाएको नेपालगन्जको शिखर प्लाईउड स्थापनाकाे २५ बर्ष पुगेकाे छ ।
कुनै बेला भारतबाट प्लाई आयात गरेर बिक्री गर्दै आएका व्यवसायीले शुरु गरेकाे उद्योग आज देशका सबै ठाउँ मात्रै होइन भारतमा समेत आफ्ना उत्पादन निर्यात गर्न सक्षम भएको छ ।
शिखर ग्रुप अन्तर्गतकाे उद्योगमा सात सय जनाले प्रत्यक्ष राेजागरी पाएका छन् भने अप्रत्यक्षरुमा याे संख्या असिमित छ । पछिल्लाे समय प्लाईकाे कच्चापदार्थका लागि आवश्यक रुख लगाउने अभियानमा समेत उद्योग लागेपछि यसमा कृषक समेत जाेडिएका छन् ।
शिखरले प्लाईसंगै केवल समेत उत्पादन गर्दै आएको छ । नेपालगन्जकाे औद्योगिक क्षेत्रमा रहेकाे उद्योगले हाउस वायर,मल्टिस्ड्याण्ड वायर,पावर केवल,टेलिकम वायर र केवल लगायत उत्पादन गर्दै आएको छ ।
यसै बिषयमा शिखर प्लाईउडका संचालक चम्पालाल बोथाराले उधोग स्थापनाकालको केही बिगत बताएका छन्, हेर्नुस् भिडियोमा …