नेपालगन्ज : बाइक तथा स्कूटरमा पेट्रोल हालेर वाक्क हुनुहुन्छ भने तपाईको लागी इलेक्ट्रिक स्कूटर उपयुक्त हुनसक्छ ।
सरकारले समेत इभि सवारीसाधनलाई प्रवर्द्धन गरेको बेला नेपालगन्जका बजारमा थुप्रै इलेक्ट्रिक स्कूटरले हिस्सा ओगटेको देख्न सकिन्छ । हालका बर्षमा त झन इभि कारले समेत राम्रै बजार ओगटेको छ ।
यस्तोमा इलेक्ट्रिक स्कूटरको मूल्य, सर्भिसको प्रक्रिया, खपत हुने विद्युत वा ब्याट्रीको क्यापेसिटी जस्ता कयौं कुराहरुको जिज्ञासा् हुनु स्वभाविक नै हो ।
साधरणतया आर्थिक भार कम गर्नलाई नै इलेक्ट्रिक स्कूटर प्रयोग बढेको बताउछन् नेपालगन्जमा इलेक्ट्रिक स्कूटरको थोक तथा फुटकर बिक्रेता सगरमाथा मल्टी सप्लाएर्स नेपालगन्जका संचालक शाहिद हिमालय ।
हिमालयका अनुसार सगरमाथा मल्टी सप्लाएर्स नेपालगन्जमा १ लाख २० हजार देखी २ लाखसम्मका इलेक्ट्रिक स्कूटर पाइने बताएका छन् ।
आधुनिक सेग्मेन्टका र नयाँ र केही बढी फिचरका इलेक्ट्रिक स्कूटर भने बजारमा केही महँगो पनि रहेको बताउने गर्छन् ।
हेर्नुस् यसै सेरोफेरोमा तयार एक भिडियो