नेपालगन्ज : परिवर्तन समूह (चेन्ज टिमले) बाँकेमा रहेका एचआईभी एड्स तथा लागूऔषध बिरुद्ध कार्य गर्ने सरोकारवाला निकाय बीच समन्वयात्मक बैठकको आयोजना गरेको छ ।
जिल्लामा रहेको विभिन्न निकाय तथ सरोकारवाला संघ संस्थाका प्रतिनिधि सम्मेलित बैठकको आयोजना गरेको हो ।
परिवर्तन समूह बाँके (चेन्ज टिम) ले आयोजना गरेको जिल्लामा रहेका लागूऔषध बिरुद्ध कार्य गर्ने सरोकारवाला निकाय बिचको बैठकमा जिल्लामा लागूऔषध बिरुद्धको कार्यमा सबै संघ संस्था तथा सरकारी निकायसबै सहकार्य गर्दै अगाडी बढ्नु पर्ने धारणा सहभागीहरुले राखेका थिए ।
चेन्ज टिमका अध्यक्ष तथा रिकभरिङ नेपालका लुम्बिनी प्रदेश फोकलपर्सन प्रविण बिसीले परिवर्तन समूह (चेन्ज टिम ) बाँकेले लगातार रुपमा एचआईभी एड्स , हेपाटाइटिस र लागू औषधको क्षेत्रमा काम गर्दै आएको र समुहले लागू औषध प्रयोगकर्ताहरुका लागि उपचारको वातावरण सृजना गर्दै आएको बताएका थिए ।
परिवर्तन समूह (चेन्ज टिम) की परियोजना अधिकृत यशोदा ज्ञावालीले सहजीकरण गर्नुभएको कार्यक्रममा ज्ञावालीले चेन्ज टिमले गर्ने र गरेका कार्यहरुको बारेमा बताउनुभएको थियो ।
परिवर्तन समुहकी कार्यक्रम संयोजक इन्द्रा कुमारी जिसिले चेन्ज टिमले मौखिक उपचार पद्धति, क्षती न्युनिकरण कार्यक्रम र पुनःस्थापन केन्द्रको माध्यमद्वारा लागू औषध प्रयोगकर्ताहरुलाई समाजमा पुनःस्थापना गर्दै आएको बताउनुभएको थियो ।
कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधि, पुनःस्थापना केन्द्रका प्रतिनिधि तथा पत्रकारहरुको सहभागीता रहेको थियो ।











