नेपालगन्ज : आर्थिक मन्दिका कारण प्राय उद्योग तथा ब्यवसाय थलिएको अवस्थामा बिकास र अर्थतन्त्र संग प्रत्यक्ष साइनो भएको इट्टा उद्योग यतिबेला झनै थलापरेको छ ।
बजारमा आएको आर्थिक मन्दिको कारण निर्माणको काम तुलनात्मक रुपमा निकै कम भैरहेको कारण इट्टा उद्योग संकटमा परेका छन् ।
मागमा अत्याधिक कमी आउनुका साथै बैकिङ ब्याजदर लगायतका समस्यामा कारण देशभरका इट्टा उद्योग संकटमा परेका हुन् ।
विकास निर्माण तथा निजी घर बनाउने काम एकदम न्यून हुँदै गएपछि बजारमा ईट्टाको माग घट्दै जाँदा उद्योगहरु संकटमा परेको उद्योगीहरुले जनाएका छन् ।
ईट्टा उद्योगहरु चरम संकटमा रहेकाले उद्योग बचाउन सरकारसँग माग गरेका छन् । ईट्टा उद्योगलाई बचाउन सरकारले मात्रै सक्ने भएकाले सरकारको ध्यानाकर्षण गरिएको जनाएका छन् ।
‘निर्माणको काम न्यून हुँदा ४ वर्षदेखि माग निरन्तर घटदै जानु एकठाउँमा छ, अर्कोतर्फ बैंकको ब्याज बढदै जानु, कच्चापदार्थका रुपमा रहेको माटोको अभाव, स्थानीय तहले लगाउने अनावश्यक कर, कोइला र कामदारको अभाव उद्योगमा थप समस्याका रुपमा छन्। समस्या घटनुको साटो बढदै जादा निकै अप्ठेरोमा परेकाे व्यवसायिहरु बताउँछन् ।
महिना भनेको हाम्रा ईट्टा उद्योगहरुको लागि पिकआवर हो, अहिले काँचो ईट्टा तयार गरी ई्ट्टा पोल्ने समय हो, तर उद्योगमा कुनै उत्साह छैन, । बैंकको ब्याज बुझाउन र तनावबाट जोगिनका लागि व्यवसायीले घाटा खाएर पनि विक्री गर्न बाध्य भएका छन् ।