ग्रेस पब्लिक स्कुलको २१औं स्थापना दिवस भब्यरुपमा सम्पन्न

नेपालगन्ज : ग्रेस पब्लिक स्कुलले आफ्नो १४औं वार्षिकोत्सब विभिन्न कार्यक्रम गरी मनाएको छ ।

धर्मराज न्योैपानेको सभापतिमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नेपालगन्ज उपमहानगरपालिका वडा न.४ को वडा अध्यक्ष गोपाल पुन मगर, अतिथि ओस्कर थापा मगर, रेशम जोशी , दुर्गा बहादुर क्षेत्री , ज्ञानु चोैंधरी, निशा पोखरेल रेग्मी , नृप खनाल, शिशिर नारायण श्रेष्ठ , खुमलाल शर्मा , नेत्र कार्की , लोकराज देवकोटा लगायतको उपस्थिति रहेको थियोे ।

कार्यक्रममा प्रमुख अतिथि पुनले स्कुलको प्रशंसा गर्दै कसरी माथि लैजान सकिन्छ तेता लान आग्रह गरेका थिए । स्कुलले दक्ष्य विद्यार्थी उत्पादन गर्नु, गुणस्तरीय शिक्षा दिन सक्नु , विद्यार्थीहरुलाई संस्कारी बनाउनु र जेहेन्दार विद्यार्थीलाई छात्रा बिर्दि दिदै स्कुललाई अगाडि लान आग्रह गरेका थिए ।

कार्यक्रमका सभापति धर्मराज न्योैंपानेले आफ्नो स्थापना दिवसमा हाम्रो स्कुलले आज १४औं वार्षिकोत्सब मनाउन पाउनु खुसिको क्षण हो । स्कुलको नियमित शिक्षा सगै अतिरिक्त कलासहरु नृत्य , खेलकुद लगाएतका कार्यक्रममा अझ सहभागी चलाउन पाएर नेपालगन्जको एक नमुना स्कुल बनाउन सकिने बताए ।

विद्यालयले आफ्नो १४ ओैं वार्षिकोत्सबमा अनुशासित विद्यार्थी , राम्रो पढाईमा दखल राख्ने, कक्षाका उत्कृष्ट विद्यार्थी, नृत्य र चित्रकला प्रस्तुत गर्ने विद्यार्थीहरुलाई पुरस्कार तथा मेडल प्रदान गरिएको थियोे ।

प्रतिक्रिया