बाँझोपन विज्ञ डाक्टर नुतन नेपालगन्जको हेल्थ केयर क्लिनीकमा आउँदै

नेपालगन्ज १८ जेठ ः देशकै चर्चित बाँझोपन विज्ञ, टेस्टट्यूब बेबी विशेषज्ञ तथा वरिष्ठ गाइनो ल्याप्रोस्कोपिक सर्जन डाक्टर नूतन शर्मा नेपालगन्ज आउने भएकी छन् ।

हालै मात्र थापाथलीस्थित नर्भिक अस्पतालसँगको सहकार्य तोडेकी डाक्टर शर्माले केही विश्वस्तरीय सेवा तथा प्रविधिलाई समेत भित्र्याएर बि एण्ड बी अस्पतालमा पूर्णकालीन चिकित्सकको रुपमा सेवा सुरु गरेकीछन् ।

उनै विशेषज्ञ तथा वरिष्ठ गाइनो ल्याप्रोस्कोपिक सर्जन डाक्टर शर्मा नेपालगन्ज र आसपास क्षेत्रका निसन्तान जोडिका समस्या समाधान गर्न नेपालगन्ज आउन लागेकी हुन् ।

नेपालगन्ज नर्सिङ होमको पूर्वपट्टि रहेको हेल्थ केयर क्लिनीकमा आगामी जेठ २६ गते शनिबार आउन लागेकी हुन् ।
उनले नेपालगन्ज स्थित हेल्थ केयर क्लिनीकमा निसन्तान सम्बन्धि समस्या, आइभिएफ तथा टेस्ट्युब बेवी, पाठेघर तथा स्तन क्यान्सर, थाइरोइड तथा महिलाहरुमा देखिने सम्पूर्ण समस्याको निदान र उपचार गर्नेछिन् ।

निसन्तान जोडिका समस्या समाधानसंगै स्त्रीरोग, पाठेघर तथा स्तन क्यान्सर, थाइरोइड तथा महिलाहरुमा देखिने समस्या निदान र उपचारका लागि अग्रिम नाम लेखाई सेवा लिई लाभ लिन हेल्थ केयर क्लिनीकले आग्रह गरेकोछ ।

गम्भीर समस्यालाई पनि लुकाएर बस्ने नेपाली समाजमा महिला स्वास्थ्यका लागि राज्यकातर्फबाट मात्र नभई निजी स्तरबाट पनि सचेतनाका कार्यक्रम विस्तार गर्नु पर्नेमा शर्मा जोड दिन्छिन् ।

नर्भिक छाडेर आफू बी एण्ड बी हस्पिटलमा आबद्ध भएको पुष्टि गर्दै डाक्टर शर्माले देशमै पहिलोपटक रोबोटिक ल्याप्रोस्कोपिक सर्जरी सेवा सुरु गरिएको जानकारी दिइन् ।
‘हालै बी एण्ड बी गाइनेक ल्याप्रोस्कोपिक रोबोटिक सर्जरी सेवा सुरु गर्ने नेपालकै पहिलो अस्पताल बनेको छ ।’ डाक्टर शर्माले अगाडी थपिन्–‘हामीले बी एण्ड बीमै वल्र्ड क्लासको एड्भान्स र अत्याधुनिक आईभिएफ सेन्टर सञ्चालन गरिसकेकाछौं ।’

विशेषज्ञ डाक्टर नुतनको संक्षिप्त परिचय यस्तो छ

नेपालमा प्रसूति तथा स्त्री रोग एवं बाँझोपन सम्बन्धी समस्याको उपचारमा चलेको नाम मध्यको एक हो, डाक्टर नुतन शर्मा । भारतको मुम्बईमा जन्मिएकी डाक्टर शर्माले भारतको कानपुर यूनिभर्सिटीबाट एमबीबीएस अध्ययन पुरा गरेकी हुन् । मुम्बईको महाराष्ट्र यूनिभर्सिटीबाट डिप्लोमा इन गाइनोक्लोजी एण्ड अब्सटेट्रिक्स पूरा गरेकी डाक्टर शर्माले बंगलादेशको ढाका युनिभर्सिटीबाट एमएस पुरा गरेकी छन् ।

उनले बंगलादेशको ढाकाबाट एमसीपीएस र डिप्लोमा इन अल्ट्रासाउण्ड पनि गरेकी छिन् । डाक्टर शर्माले सिंगापुरबाट एडभान्स आइभीएफ ट्रेनिङ र भारतबाट फेलोसिप इन आइभीएप समेत गरेकी छिन् । उनले भारतको नयाँ दिल्लीबाट एडभान्स लेप्रोस्कोपिक सर्जरीमा डिप्लोमा र फेलोसिप लिएकी छन् ।

१९ वर्षदेखि प्रसूति तथा स्त्री रोग विशेषज्ञको रुपमा काठमाडौंका विभिन्न अस्पतालमा कार्यरत डाक्टर शर्मा पछिल्लो समय काठमाडौंको थापाथली स्थित नर्भिक इन्टरनेशनल अस्पतालमा कार्यरत थिइन् ।

डाक्टर शर्माले अल्का हस्पिटलमा कार्यरत छँदा आफ्नै नेतृत्वमा अल्का आइभिएफ एण्ड फर्टिलिटी सेन्टर सञ्चालन गरि बाँझोपन सम्बन्धी समस्या भएका बिरामीलाई सेवा दिएकी थिइन् ।

प्रतिक्रिया