
नेपालगन्ज : बाँके जिल्लाको राप्ती सोनारी गाउँपालिकामा मंगलबार दिउसो आगलागी हुँदा ३ घर र ३ गोठ जलेर नष्ट भएको छ ।
राप्ती सोनारी गाउँपालिका वडा नम्वर १ कुसुममा आगलागी हुँदा कृष्ण बहादुर घर्तिको घर र गोठ, होम बहादुर घर्तीको घर, भरत घर्तिको घर र गोठ र चोवन घर्तिको गोठ जलेर नष्ट भएको हो ।
राप्ती सोनारि गाउँपालिका वडा नम्बर १ का वडाअध्यक्ष याम बहादुर खड्काका अनुसार आगलागीबाट तीन घर र ३ गोठ पुर्णतया नष्ट भएको जानकारी दिएका छन् ।
यता जिल्लाको राप्ती सोनारी गाउँपालिकामा मंगल दिउसो आगलागी हुँदा ३ घर र ३ गोठ जलेर नष्ट भएको खबर संगै कुसुम पुगेका नेकपा एमाले बाँकेका उपसचिव किशाेर थापाले पार्टीमा रहेका जिल्लाका नेता तथा कार्यकर्तालाई राहतको लागी अनुरोध गरेका छन् ।
बुधबार नेकपा एमाले बाँके जिल्ला उपसचिव किशोर थापा, जिल्ला कमिट सदस्य नरेन्द्र केसी सहितको उपस्थितमा आगलागी स्थलमा पुगेका हुन् ।