बुद्धिचाल प्रतियोगितामा लुम्बिनीलाई स्वर्ण

नेपालगन्ज : यू-१५ विद्यालय खेलकुद प्रतियोगिता अन्तर्गत बुद्धिचाल प्रतियोगितामा लुम्बिनीले स्वर्ण पदक हात पारेको छ भने छात्रातर्फ बागमतीले स्वर्ण पदक जितेको छ

लुम्बिनी प्रदेशले सात चरणको खेलमा सतप्रतिशत जित सहित १४ अंक जोड्दै स्वर्ण पदक हात पारेको लुम्बिनी प्रदेश बुद्धिचाल संघका अध्यक्ष धनराम ओलीले जानकारी दिएका छन् ।

यसै गरी छात्रा तर्फ बागमतीले सत प्रतिशत जीतसहित स्वर्ण पदक ल्याउन सफल भएको छ । बागमती ११ अंक सहित रजत पदक तथा सुदूर पश्चिम ९ अंक सहित कास्य पदक ल्याउन सफल भएको छ ।

लुम्बिनीले चौथो चरणमा बागमतीसँग १–३ ले पराजित हुनु बाहेक अन्य खेलमा हार सहन परेको थिएन ।

यता लुम्बिनी प्रदेशले सात चरणको खेलमा सतप्रतिशत जित सहित १४ अंक जोड्दै स्वर्ण पदक हात पारे संगै लुम्बिनी प्रदेश बुद्धिचाल संघका अध्यक्ष धनराम ओलीले खेलाडीलाई बधाई दिएका छन् ।

प्रतिक्रिया