नेपालगन्ज : खजुरा गाउँपालिकाको गाउँसभाको १५ औं अधिवेशनमा अध्यक्ष डम्बर बहादुर बिक (तुफान)ले प्रस्तुत गरेको आर्थिक वर्ष २०८१-८२ को नीति तथा कार्यक्रम पारित भएको छ ।
खजुरामा आइतबार शुरु भएको गाउँसभाको १५ औं अधिवेशनमा अध्यक्ष बिकले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।
अध्यक्ष बिकले प्रस्तुत गरेको नीति कार्यक्रममा मन्जु मल्ल, मनविर क्षेत्री, देउमाया मगरनी, फिराेज खाँले छलफलमा भाग लिँदै सुझाव पेश गरेसंगै नीति कार्यक्रम बहुमतले पारित भएको हो ।
अध्यक्ष बिकले सुशासन र पार्दर्शितालाई अवलम्वन गर्दै दिगो विकासका अवधारणालाई क्रमशः पुरा गरिने, पालिकाको सामाजिक तथा आर्थिक रुपान्तरणका लागि स्वास्थ्य सबै नीतिहरुमा लागु गर्दै स्वावलम्वी प्रतिष्पर्धी र स्वस्थ खजुरेली नागरीक उत्पादनमा जोडदिने, पालिकाको आर्थिक समृद्बि तथा गरिवी निवारणमा ठोस योगदान पुर्याउने, खजुरेली जनताको जीवनस्तर, आम्दानी र रोजगारी ले मुर्त रुप प्राप्त गर्ने, महिला बालबालिका मधेशी, मुस्लिम,दलित तथा अल्यसंख्यक पिछडिएका क्षेत्रको जीवनस्तरमा आमुल परिवर्तका लागि प्रभावकारी बन्ने, जैविक तथा वातावरणीय पक्षको संरक्षण तथा सम्वर्द्बन गर्ने, खजुराको विभिन्न भाषा कला संस्कृतिको संरक्षण तथा सम्मवर्द्बन गर्दै सामाजिक सदभावलाई मजबुत गराउने , जनताको जीवनस्तर अभिवृद्बि गर्न उत्पादनशिल तथा रोजगारमुलक क्षेत्रमा लगानीको वातावरणलाई ठोस रुप दिने , आन्तिरक आय वृद्धिका लागि राजश्व र कर को दायरा बढाउने सबै पेशा व्यवशायलाई पालिकामा दर्ता गर्न लगाईने, खजुरा गाउँपालिकालाई खजुरा नगरपालिका निर्माण गर्न आवश्यक आधारहरु तयार भैसकेकाले भुगोल,जनसंख्या तथा आवश्यक आधारको हिसाबमा वडा नं. २,३,४ र ७ लाई विभाजनका लागि स्थानीय सरकारको सिफारिस प्रदेश सरकार हुँदै केन्द्र सरकार सिफारिसका लागि पहल गरिनेछ, गाउँपालिकाका अधुरा योजनाहरुलाई पुर्ण रुपमा कार्यन्वयन गरिने कुरामा जोड दिएका छन् ।