अनेरास्ववियुद्वारा खजुरा गाउँपालिकाको शिक्षा शाखामा तालाबन्दी

नेपालगन्ज : अनेरास्ववियु बाँकेले खजुरा गाउँपालिकाको शिक्षा शाखामा तालाबन्दी गरेको छ ।

समग्र शिक्षा क्षेत्रको बिकासका लागि विभिन्न माग राखी पटकपटक ध्यानाकर्षण गराउदा समेत मागलाई नजरअन्दाज गरेको भन्दै बिहीवार अनेरास्ववियु बाँकेले तालाबन्दी गरेको हो ।

अनेरास्ववियु बाँकेले आफुहरुले राखेको माग पूरा नभए अझ थप आन्दोलनमा उत्रीने चेतावनी दिन समेत दिएको छ ।

तालाबन्दी गर्दै अनेरास्ववियु बाँकेका अध्यक्ष प्रकाश विश्वकर्माले आफ्नो माग पूरा नभए थप आन्दोलनमा उत्रीने बताएका छन् ।

प्रतिक्रिया