नेपालगन्ज : पश्चिम नेपालको ठुलो अस्पतालको रुपमा रहेको भेरी अस्पताल नेपालगन्जले आफ्नो १ सय ३४ औं स्थापना दिवस मनाएको छ ।
अस्पताल विकास समितिका अध्यक्ष वीरेन्द्र बहादुर शाहको अध्यक्षता र बाँके क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य किशोर सिंह राठोरको प्रमुख आथित्यतामा अस्पतालले आफ्नो भेरी अस्पतालको १३४ औं वार्षिकोत्सब औपचारिक कार्यक्रम गरि मनाएको हो ।
कार्यक्रममा अस्पतालले उत्कृष्ट कर्मचारी सम्मान, आन्तरिक खेलकुद प्रतियोगिताका विजयी खेलाडीहरुलाई सम्मान समेत गरेको थियो ।
स्थापनाको १ सय ३३ वर्ष पार गरिसक्दा भेरीले पूर्वाधार विकासमा सुधार गर्दै गएको छ भने सेवा प्रवाहलाई पनि विशिष्टिकृत बनाउँदै लगेको अस्पतालका मेसु डा.प्रकाश थापाले बताउनुभएको थियो ।