विश्व स्तनपान सप्ताहमा वेस्टर्न अस्पतालद्वारा विशेष कार्यक्रमको आयोजना

नेपालगन्ज : वेस्टर्न अस्पताल नेपालगन्जले विश्व स्तनपान सप्ताहको २०२४ को नारालाइ आत्मसाथ गर्दै “स्तनपानमा समानता,सबैको सहयोग र सहभागिता ” भन्ने विषयमा एक विशेष कार्यक्रमको आयोजना गरि मनाएको छ ।

कार्यक्रममा स्तनपानको महत्त्व र यसले बालबालिकाको स्वास्थ्यमा पार्ने सकारात्मक प्रभावबारे जनचेतना फैलाउने उद्देश्य राखिएको आयोजक अस्पतालले जनाएको छ ।

कार्यक्रममा अस्पतालका बरिष्ठ स्त्री तथा महिला रोग विशेषज्ञ डाक्टर कल्पना थापाले बिशेष प्रस्तुति गर्दै स्तनपानको महत्त्वपूर्ण भूमिका र यसले बच्चाहरूको शारीरिक र मानसिक विकासमा पुर्याउने फाइदाबारे जानकारी दिनुभएको थियो ।

“स्तनपानले बच्चालाई आवश्यक पोषण प्रदान गर्दछ र आमाको स्वास्थ्यमा पनि फाइदा पुर्याउँछ। हामी सबै आमाहरूलाई स्तनपान गराउन प्रोत्साहन दिन्छौं र यसका लागि आवश्यक सहयोग प्रदान गर्न प्रतिबद्ध छौं।” उहाले भन्नुभयो।

साथै यस कार्यक्रममा आहारविद सुशिल खनालले आमाहरुलाई सुत्केरी अवस्थामा पोषण, खानको तालिका, खानाका परिकार लगायत अन्य कुरा सम्बन्धि बिशेष प्रस्तुति दिनु भयो र संगै यस कार्यक्रममा सहभागी आमाहरुले आफ्ना अनुभवहरू साझा गरे र स्तनपानका चुनौतीहरूबारे छलफल गरियो। कार्यक्रममा अस्पतालका स्वास्थ्यकर्मीहरूले स्तनपान सम्बन्धी सही तरिका र उपायहरका बारे प्रदर्शन गरेका थिए ।

यो कार्यक्रमले आमाहरूलाई स्तनपान सम्बन्धी आवश्यक जानकारी र सहयोग प्रदान गर्न सफल भएको छ। अस्पतालले यस्ता कार्यक्रमहरू भविष्यमा पनि निरन्तर आयोजना गर्ने प्रतिवद्धता जनाएको छ।

प्रतिक्रिया