संभावना बोकेका बाँकेका ५ युवाहरु

नेपालगन्ज : बाँके जिल्ला राजनैतिक, आर्थिक तथा भौगोलिक रणनीतिक हिसाबले अर्थपूर्ण जिल्ला मानिन्छ ।

भारत संग सिमा जोडिएको ठूलो नाका हुनु, मध्य तथा सुदुर पश्चिमको आर्थिक संगै शैक्षिक, रोजगारी तथा अस्पतालहरुको समेत केन्द्र बनेको छ ।

यस्तोमा अध्यन, ब्यवसाय, उपचार र राजनैतिक बर्चस्वको लागी समेत बाँके जिल्ला र नेपालगन्ज अग्रणी स्थानमा आउँछ । बाँकेमा हुने राजनैतिक गतिविधिले आसपासका जिल्लालाई समेत प्रभावित गर्ने हुँदा राष्ट्रिय राजनीतिमा बाँकेको महत्व बढ्दै गएको अवस्थामा बाँकेबाट कुनै पनि क्षेत्रमा उदाउने युवा शक्तिको प्रभाव र क्षमताको महत्व छुट्टै हुने गर्छ । जसकारण नागरिक समाजले नागरिक समाज डटकममा प्रकाशित समाचारहरुको आधारमा सम्भावना बोकेका बाँकेका ५ युवाहरुको छोटो विवरण दिने कोसिस गरेको छ ।

राष्ट्रिय युवा संघको राजनीतिमा जमेका सुनिल रसाइली

बैजनाथ गाउँपालिका कम्युनिष्ट आन्दोलनको जग बसालिएको क्षेत्र हो । कम्युनिष्टहरुको लाल किल्ला मानिने गर्छ । त्यहीँ बैजनाथ गाउँपालिकामा २०६४ साल देखी नै राजनीतिको सुरुवात गरेका सुनिल रसाइली एमाले वडा कमिटी सदस्य थिए ।

पारिवारिक राजनैतिक माहोल र एमालेको विचारधाराको पाठ सानैदेखि सिक्दै आएका सुनिल रसाइलीको राजनैतिक यात्रा भने २०७२ मा युवा संघमा मोडियो । रसाइली त्यसबेला युवा संघ नेपालको गाउँकमिटी सदस्य बनेका थिए ।

राजनीतिको मूल उद्देश्य समाज परिवर्तनको हुनु पर्ने बताउने रसाइली २०७३ मा युवा संघ नेपालको जिल्ला कमिटी सदस्य हुँदै २०७९ मा राष्ट्रिय युवा संघ नेपालको सह-सचिव र २०८० मा सचिव भइ राष्ट्रिय युवा संघको राजनितीमा संलग्न हुनुहुन्छ ।

नेपालमा राजनीति प्रती युवाको गलत धारणा बन्दै गएको छ । यसले राजनितिलाई मात्रै होईन राष्ट्रको लागी घातक हुने देखिन्छ तसर्थ राजनीतिमा युवा सहभागीता हुनु आवश्यक छ भन्ने मलाई लाग्थ्यो र मेरो पारिवारिक स्थिति पनि राजनैतिक माहोल अनुकुल रहेकाले सेवाभावका साथ युवा संघको राजनितीमा लागेको हो र त्यसयता क्रमशः संगठन र पार्टीको काममा दिनरात नभनी खटिएको छु र पछिल्लो युवा संघको कार्यक्रमहरुले पनि त्यसलाई पुष्टि गरेको छ ।, रसाइली बताउछन् ।

मुलुकको हरेक परिवर्तनमा युवाको भूमिका सधै अहम रहेको छ । युवालाई राजनितिबाट बाहिर राख्न नसकिने र विभिन्न कारणले गर्दा अहिलेका युवा पुस्ता राजनितिबाट टाढिएको पाइन्छ ।

यस्तोमा रसाइली राजनिति सबैका लागी हुनु पर्छ भन्ने जिकिर गर्छन्। मुलुकलाई सहि मार्गमा ल्याउन युवाले आफनो भुमिका खेल्ने बेला आएको छ । र त्यसको अगुवाइ राष्ट्रिय युवा संघले गरेको सबैमा सर्वबिधितै छ, बाँकेमा पनि राष्ट्रिय युवा संघ नेपालले हरेक गतिविधिलाई गाउँ र टोलसम्म लिएर गएका छौं, आम युवा समक्ष पुराएका छौं त्यसैले राष्ट्रिय युवा संघसंग युवाहरु जोडिदै जानुभएको छ । रसाइलीले बताउँछन् ।

बाँकेका सबैजसो स्थानीयतहमा पुगेर संगठनको कामकाज देखी युवाहरु परिचालन र उत्प्रेरित गर्ने काममा अब्बल मानिएका राष्ट्रिय युवा संघ नेपाल बाँकेका सचिव सुनिल रसाइली सहयोगी युवा नेताको रुपमा जिल्लामा उभ्रीदै गएका छन् ।

२०७९ फाल्गुन २१ गते नेपालगन्जमा सम्पन्न अधिवेशनबाट ज्ञानेन्द्रराज ओलीको नेतृत्वमा सर्वसम्मत राष्ट्रिय युवा संघ बाँकेको कमिटी बन्यो उक्त कमिटिका सह-सचिव सर्वसम्मत चुनिएका सुनिल रसाइली २०८० मा सचिवमा मनोनीत भएका थिए ।

नेपालमा राजनीति प्रती युवाको गलत धारणा बन्दै गएको छ । यसले राजनितिलाई मात्रै होईन राष्ट्रको लागी घातक हुने देखिन्छ तसर्थ राजनीतिमा युवा सहभागीता हुनु आवश्यक छ भन्ने मलाई लाग्थ्यो र मेरो पारिवारिक स्थिति पनि राजनैतिक माहोल अनुकुल रहेकाले सेवाभावका साथ युवा संघको राजनितीमा लागेको हो र त्यसयता क्रमशः संगठन र पार्टीको काममा दिनरात नभनी खटिएको छु र पछिल्लो युवा संघको कार्यक्रमहरुले पनि त्यसलाई पुष्टि गरेको छ ।, रसाइली बताउछन् ।

मुलुकको हरेक परिवर्तनमा युवाको भूमिका सधै अहम रहेको छ । युवालाई राजनितिबाट बाहिर राख्न नसकिने र विभिन्न कारणले गर्दा अहिलेका युवा पुस्ता राजनितिबाट टाढिएको पाइन्छ ।

राजनिति सबैका लागी हुनु पर्छ । मुलुकलाई सहि मार्गमा ल्याउन युवाले आफनो भुमिका खेल्ने बेला आएको छ । र त्यसको अगुवाइ राष्ट्रिय युवा संघले गरेको सबैमा सर्वबिधितै छ, बाँकेमा पनि राष्ट्रिय युवा संघ नेपालले हरेक गतिविधिलाई गाउँ र टोलसम्म लिएर गएका छौं, आम युवा समक्ष पुराएका छौं त्यसैले राष्ट्रिय युवा संघसंग युवाहरु जोडिदै जानुभएको छ । रसाइलीले बताउँछन् ।

साथै संगठनको कामकाजमा अब्बल देखिदै आएका रसाइली राष्ट्रिय युवा संघ नेपाल बाँकेको इतिहासलाई जिवन्त राख्न र युवाहरुलाई बिदेश पलायन हुनबाट रोक्न देशमै स्वरोजगार सृजना गर्नुपर्ने धारणाका साथ युवाहरुलाई बाटो देखाउने काममा समेत अग्रसर भएका कारण जिल्लामा सहयोगी युवा नेताको उपमा पाएका छन् ।

वाइसीएल बाँके हाकेका नरेन्द्र ददेल 

बाँके जिल्लाको खजुरा क्षेत्र त्यसमा पनि खजुरा गाउँपालिका वडा नम्बर दुई कम्युनिष्ट आन्दोलनको जग बसाल्न सफल क्षेत्रको रुपमा जिल्लामा परिचित रहेको छ ।

त्यही खजुरा गाउँपालिका वडा नम्बर दुई सि गाउँका नरेन्द्र ददेल स्कुले जीवन देखी नै माओवादीको राजनितीले प्रभावित बनेका थिए । पारिवारिक झुकाव समेत तत्कालीन नेकपा माओवादीमा रहेका कारण समेत ददेल स्कुल जिवनमा नै माओवादीको राजनैतिक गतिविधिमा संलग्न रहेका थिए ।

नेकपा माओवादी तत्कालीन अवस्थामा भुमिगत रहेकै बेला बी.स. २०५९ साल माओवादीको भातृ संगठन वाइसीएलमा आवद्ध भएका नरेन्द्र ददेल त्यसबेला खजुरा क्षेत्रको कमिटी सदस्य बनेका थिए ।

माओवादीको भातृ संगठन वाइसीएलमा आवद्ध भएर सकृय राजनितिमा प्रवेश गरेको बताउने नरेद्र ददेल त्यसपछि भने नेकपा एमाले र नेकपा माओवादी एकीकृत भएर बनेको नेकपाको भातृ संगठन युवा संघ नेपालको जिल्ला कमिटी सदस्य तथा खजुरा गाउँकमिटी इन्चार्ज भएका थिए ।

युवा राजनिती संगै समाजसेवा र शिक्षण उधमिको रुपमा समेत आफुलाई चिनाउन सफल रहेका नरेन्द्र ददेल २०७९ मा वाइसीएलको जिल्ला सचिव र २०८१ मा वाइसीएलको जिल्ला संयोजक चयन भएका हुन् ।

नेकपा माओवादी केन्द्र र वाइसीएलको राजनीतिक गतिविधिलाई जिल्लामा सकृयताका साथ अगाडी बढाउदै आएका ददेल जिल्लामा युवा प्रेरणाको रुपमा समेत परिचित रहेका छन् ।

बाँकेको राजनैतिक बृत्तमा सम्भावना बोकेका युवा मध्य एक ददेल खजुरा गाउँपालिका वडा नम्बर दुईका स्थानिय हुन् । खजुरामा राम्रो पकड र समाजिक कार्यमा संलग्न रहेका ददेल माओवादी र वाइसीएलको केन्द्रमा समेत दखल राख्ने युवा नेताको रुपमा आफ्नो छविको बिकास गरेका छन् ।

आइटी ब्यवसाय मार्फत नेपालगन्जमा नयाँ आयाम थपेका रमेश क्षेत्री

 

जाजरकोटको शिवालय गाउँपालिकामा जन्मेर नेपालगन्जलाई अध्यन र कर्मको थलो बनाएका रमेश क्षेत्री पेसाले आइटी इन्जिनियर हुन् । नेपालगन्जमा आइटिको पढाई संगै आइटी ब्यवसायलाई बामेसार्दै अगाडी बढेका क्षेत्रीको जम्मै समय यतिबेला स्थानीय तहलाई डिजिटल बनाउने छ ।

नेपालगञ्ज इन्जिनियरिङ कलेजबाट आइटी कोर्स पुरा गरेपछि उनले आइटि ब्यवसाय सुरु गरेर सम्पूर्ण ध्यान सरकारी सेवा प्रवाहलाई बलियो बनाउनमै लगाए । उनले निन्जा इन्फोसिस दर्ता गरेर २०७४ को चैतमा नेपालगञ्जबाटै काम सुरु गरे ।

‘मैले सुरुमा नेपालगञ्जमा नै कार्यालय राखेर सरकारी सेवा प्रवाहमा ध्यान दिदैँ काम सुरु गरे । भर्खर स्थानीय तहको निर्वाचन भएर सेवा प्रवाह सुरु भएको थियो । सिंहदरबारको अधिकार गाउँ गाउँमा भनिएको थियो, तर त्यहाँ केही सुविधा नै थिएन’, उनले भने, स्थानीय तहको बिजोक अवस्था देखेर सेवाग्राहीको सहजका लागि डिजिटल ई–पालिका बनाउने सोच आयो । पढाइलाई सदुपयोग गर्दै मैले स्थानीय तहका सेवाहरु एउटै एपमार्फत पाउन सकिने गरी डिजिटल ई–पालिका बनाए ।’

निन्जा इन्फोसिसका अध्यक्ष समेत रहेका उनले नेपाली भाषामा सामान्य लेखपढ गर्नसक्ने व्यक्तिले समेत चलाउनसक्ने गरी एप बनाइसकेको बताए । उनले उक्त एप मार्फत सम्बन्धित पालिकाका लागि सहयोगी हुने बताए । उक्त एप चलाउँदा कुनै पनि शुल्क लाग्दैन ।

उक्त एपमा एकीकृत मोबाइल र बेल आधारित प्रणाली, नागरिकका सेवा र जानकारीको अनलाइनमा पहुँच, व्यक्तिगत, व्यवसाय र संस्थागत जानकारी, पालिकाको दैनिक कार्यसम्पादन गर्न सहज, सेवाग्राहीलाई अडियो, भिडियो मार्फत जानकारी, पालिकाको जनप्रतिनिधि, कर्मचारी र सेवाग्राहीको समयको बचत र पालिकालाई एकीकृत सफ्टवेयरमा आवद्ध गरी सूचना, तथ्यांक र सेवाप्रवाहमा  सहज लगायतका विशेषता छन् ।

कम्पनीले राजधानीकोे काठमाडौँ महानगरपालिकादेखि दुर्गमको गाउँपालिकासम्म सेवा प्रवाह गरेको जनाएको छ । काठमाडौँ महानगरले राखेको डिजिटल नागरिक वडापत्र र ३२ वटै वडा कार्यालयमा राखिएको वडापत्र निन्जा इन्फोसिसले नै तयार पारेको हो ।

२०७४ सालमा नेपालगञ्जबाट सुरु भएको ई–पालिकाको कर्पाेरेट कार्यालय काठमाडौँको जडिबुटीमा छ भने केन्द्रीय कार्यालय नेपालगञ्जमै राखिएको छ । कम्पनीले काठमाडौँको जडिबुटीमा केन्द्रीय कार्यालय राखेर स्थानीय तहलाई सेवा प्रवाह गर्दै आएको छ ।

कम्पनीले हाल देशभरका ५० वटा स्थानीय तहलाई सेवा प्रवाह गरिसकेको छ भने ३५ जनालाई रोजगारी समेत दिएको छ । ५० वटा स्थानीय तहसहित कम्पनीले ४०० भन्दा बढी सरकारी कार्यालयमा सेवा प्रवाह गर्दै आएको जनाएको छ ।

कम्पनीले गत माघ पहिलो साता स्थानीय सरकारहरूलाई प्रविधिमैत्री हुन सघाउनेदेखि पालिकाभित्र सार्वजनिक सेवा प्रवाहलाई थप सुलभ र सहज बनाउन भन्दै डिजिटल ई–पालिका र गल्ली म्याप्सबीच साझेदारी गरेका छन् ।

उनको टिमले यतिबेला आइटिको फरक बिधामा समेत लगानी गर्दै नयाँ ब्यवसायको सुरु समेत गरेको छ । आइटी क्षेत्रकै एन्टि भाइरस कम्पनी सुरु गरेर त्यसको आक्रमक बजार बिस्तारमा समेत यतिबेला ब्यस्त बनेका रमेश क्षेत्री यश क्षेत्रकै सफल युवाको रुपमा आफुलाई उभ्याउन सफल बनेका छन् ।

कृषिमा उदाएकी गीता मौर्य

कृषि क्षेत्रमा निरासा व्यक्त भइरहेका बेला मौर्य एउटा आशाको केन्द्र बनेकी छन् । हातमा हस्पिटल म्यानेजमेन्ट र ब्यवस्थापन संकायको डिग्री छ । तर उनले जानकी गाउँपालिका–२ मा जग्गामा अण्डा उत्पादनका लागि दुई हजार लियर्स र स्थानीय जातका कुखुरा पालन गरिरहेकी छन् । अन्य खेतीपातीमा निकै व्यस्त छिन् । कृषिबाट देशको प्रगति हुने बताउँदै उनी भन्छिन,–‘निरन्तरता,ईच्छाशक्ती चाहिन्छ,कृषिमा सम्भव छ ।’

जानकी । पढेलेखाका युवायुवती कृषिमा संलग्न भइरहेका छन् । यिनै मध्ये हुन नेपालगन्ज–१२ की गीता मौर्य । हातमा हस्पिटल म्यानेजमेन्ट र ब्यवस्थापन संकायको डिग्री छ । तर उनले जानकी गाउँपालिका–२ मा जग्गामा अण्डा उत्पादनका लागि दुई हजार लियर्स र स्थानीय जातका कुखुरा पालन गरिरहेकी छन् । अन्य खेतीपातीमा निकै व्यस्त छिन् ।

मौर्य नेपालगन्जमा जन्मिइन र हुर्किइन । बुवाआमाले राम्रै पालनपोषण गरे । दाजुबहिनी बीच कुनै विभेद गरेनन् । त्यसैले उनले राम्रोसंग पढ्न लेख्न पाइन । मौर्य भन्छिन,–‘फरक समुदायिक पृष्ठभूमि भए पनि हामीले कहिले पनि बिभेदको महसुस गर्न परेन । बुवाआमाले राम्रो हेरचाह गर्नुभयो ।’ त्यसैले हस्पिटल म्यानेजमेन्ट र ब्यवस्थापन संकायसम्म पढ्ने अवसर पाइन । हातमा रहेका यी पढाई अनुसारको जागिर खान भने उनलाई कत्ति पनि रुचि भएन । आफुले भने जस्तो गर्न उनले कृषि रोजिन । कृषिमा प्रशस्त सम्भावना नभएको होइन । तर कृषिमा आधुनिकीकरण छैन । त्यो गर्न नयाँ पुस्ताको आगमन नभएको महसुस गरेर उनले यो क्षेत्रमा हात हालिन ।

अध्ययनकै शिलसिलामा मौर्य दक्षिण अमेरिका पुगिन । त्यहाँ उनले कृषिसंग सम्बन्धित पढाइ गरिन । त्यहाँ पढेर सिकेको कुरा स्वदेशमा उपयोग गरेर उत्कृष्ट कृषक बनेकी छन् । अहिले उदाहरणीय कृषक बन्न सफल भएकी हुन ।

आठ बर्षदेखि लोभलाग्दो र उदाहरणीय कृषि कर्म गरिरहेकी छन् । कृषि क्षेत्रमा धेरैका लागि प्रेरणाको स्रोत हुन । दक्षिण अमेरिकाबाट पढाई सकेर उनले बुवाको जग्गा रहेको ठाउँमा शुरुमै पाँच हजार कुखुरा पालिन । अण्डा राम्रैसंग उत्पादन गरिन । शुरुमा बिक्रि पनि राम्रै भयो । तर २०७४ सालमा अण्डाको कारोवार घटेपछि बजार माग अनुसार अहिले दुई हजार कुखुरा पालिरहेकी छन् । जसमा दैनिक ३५ क्यारेट अण्डा घरबाटै बिक्री हुन्छ । बेच्न कुनै समस्या नभएको उनको भनाइ छ ।

‘मलाई अहिले बेच्न समस्या छैन । बजारको माग अनुसार उत्पादन गरेकाले तनाव लिनु नपरेको हो ’– उनले भनिनन् । मौर्यले स्थानीय जातको कुखुरापालन गरिरहेकी छन् । उन्नत जातको कुकुर समेत पालन गरेर आम्दानी गरेकी छन् ।

उनले नै बाँकेमै जर्मन सेफड,डावरमेन र पमेलियन जस्ता उन्नत जातका कुकुरको ब्यवसायिक पालन शुरु गरे गरेकी हुन । पाल्नका लागि ल्याउनुभएको कुकुरबाटै व्यवसायिक कुकुरपालन शुरु गर्नुभएको हो जुन सफल भइरहेको छ । अहिले नेपालगन्जमै पेट हाउसहरुले अर्डर गरेपछि मात्रै अन्यत्रबाट कुकुर ल्याउने गरेका छन् यहाँ नै उत्पादन हुँदैन । तर मौर्यले शुरु गरेपछि नेपालगन्ज मात्रै नभई भारतबाट समेत माग आइरहेको छ । कृषि क्षेत्रमा निरासा व्यक्त भइरहेका बेला मौर्य एउटा आशाको केन्द्र बनेकी छन् । कृषिबाट देशको प्रगति हुने बताउँदै उनी भन्छिन,–‘निरन्तरता,ईच्छाशक्ती चाहिन्छ,कृषिमा सम्भव छ।’

कांग्रेसको राजनितीमा उदाउँदै उत्सव सिजाली

बाँके राजनैतिक हिसाबले सबैजसो राजनैतिक दलहरुको लागी उर्बर भुमिको रुपमा परिचित रहेको छ । कम्युनिष्टको गड मानिने खजुरा त कांग्रेसले पाएको सभापति तथा प्रधानमन्त्री समेत बनेका सुशील कोइरालाको गृहजिल्ला । यहि बाँकेको खजुराबाट कांग्रेसको राजनैतिक यात्रा सुरु गरेका उत्सव सिजाली पछिल्लो पुस्ताका कांग्रेसका निकै चर्चित अनुहार हुन् ।

सिजाली नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलका जिल्ला सदस्य हुन भने नेपाली कांग्रेस क्षेत्र न.३ प्रदेश सभा (ख)का सदस्य समेत हुन् । पछिल्लो पुस्ताले राजनीतिबाट टाढै रहने गरेको समयमा सिजाली भने पारिवारिक पृष्ठभुमि बाटै कांग्रेसको राजनितिमा सकृय बनेका हुन् ।

नेपाली कांग्रेस र नेपाल तरुण दलका माथिल्लो तहसम्म सम्बन्ध बनाउन सफल सिजालीको बाँके जिल्लामा कांग्रेसबाट राम्रो राजनैतिक भबिष्य बोकेको युवा नेताको रुपमा चित्रण हुने गर्छ ।

पार्टी र संगठनको राजनीति संगै सामाजिक कार्यमा अग्रसर रहेका सिजाली खजुरा युवा क्लबको सचिव समेत हुन् । खेलकुद र खजुरामा हुने सबैजसो गतिविधिमा सधै अग्रसर रहने सिजाली जेसिसमा समेत आवद्ध राख्ने गर्छन् ।

(यो लेख नागरिक समाजको छापा सङ्ग्रहमा प्रकाशीत रहेको छ )

प्रतिक्रिया