गणपति डेन्टल क्लिनिकको तेस्रो शाखा कोहलपुरमा

नेपालगन्ज : लामो समयदेखी नेपालगन्जमा दन्त स्वास्थ्यमा सेवा दिदै आइरहेको गणपति डेन्टल क्लिनिकले आफनो नयाँ शाखा बाँकेको कोहलपुरमा विस्तार गरेको छ ।

नेपालगन्जस्थित पासङलह्मु मार्ग र लाईफ लाइन जनरल हस्पिटल नेपालगन्जबाट आफ्नो सेवा दिइरहेको गणपति डेन्टल क्लिनिकले कोहलपुरमा आफनो तेस्रो शाखा बिस्तार गरेको हो ।

मुख स्वास्थ्य सम्बन्धि जनचेतना जागरण गर्न र उपचारमा सबैको पहुँच स्थापित गर्न आधुनिक उपकरणहरु प्रयोग गरि गुणस्तरीय उपचार प्रदान गर्न कोहलपुरमा शाखा बिस्तार गरेको यसका सञ्चालक समेत रहेका दन्तरोग विशेषज्ञ डा. प्रतिक श्रेष्ठले जानकारी दिएका छन् ।

दाँतको उपचारका लागि कोहलपुर क्षेत्रका नागरिक र अन्य जिल्लाबाट उपचारका लागि कोहलपुर आउनेहरु नेपालगन्ज र अन्य क्षेत्र भौतारिन नपरोस् भनि शाखा बिस्तार गरिएकोे श्रेष्ठले बताए ।

कोहलपुर स्थित नेपाल बैंकको छेउमा सञ्चालनमा आएको नयाँ शाखाको उद्घाटन कोहलपुर नगरपालिकाका प्रमुख पुर्ण प्रसाद आचार्यले गरेका हुन् ।

प्रतिक्रिया