नेपालगन्ज :

विश्वव्यापी ठूलो क्षती निम्त्याएको कोरोना भाइरस ‘कोभिड–१९’ को कारण नेपालगन्जको होलि ब्यापारमा नकारात्मक प्रभाव परेको ब्यापारीहरु बताउँछन् ।
नेपालगन्जको त्रिभुवन चोकमा हरेक बर्ष झै यो बर्ष पनि होलिलाई नै लक्ष्यित गर्दै होलि सामाग्रीको पसल सडगको बिचमा शनिबार देखि देखिएका छन् । तर सडक राखिएका होलि लक्ष्यित ब्यापार नभएको ब्यापारीको गुनासो छ ।
बिश्वब्यापी रुपमा कोरोनाले त्रासमय वातावरण सृजना गरेको बेला होलि प्रती नेपालगन्जबासिको ध्यान खिच्न सकेको छैन ।
नेपालगन्जमा हरेक बर्ष होलिलाई नै लक्ष्यित गरि विभिन्न संस्थाले गर्ने होलि मिलन कार्यक्रम समेत देख्न नसकिएको बेला केही संस्था तथा इभेन्ट कम्पनीले भने होललाई विशेष बनाउन प्रख्यात डिजेहरु नेपालगन्जमा उतार्ने तयारी गरिरहेको छ ।
तर होलि भित्रनु अगाडी नेपालगन्जको संभावित होलिको रौनकलाई प्रतिनिधित्व गर्ने त्रिभुवन चोकको होलि संग सम्वन्धित सामाग्रीहरुको ब्यापारमा भने छिटपुट मात्र मान्छेहरु देख्न सकिन्छ ।
हरेक बर्ष होलि सामाग्रीको व्यापार गर्दै आएका एकलैनी नेपालगन्जका केशब लखेर चिनबाट फैलिएको रोगका कारण होलि सामग्रीको व्यापार सुस्ताएको बताउछन् । हिजो बाट सुरु गरेको हो पसल तर अहिले सम्म ४-५ सयको पनि व्यापार भएको छैन , उनले भने ।
उनी जस्तै हरेक बर्ष त्रिभुवन चोकमा होलि सामाग्रीको ब्यापार गर्दै आएका राकेश पनि कोरनाको कारण नै ब्यवसाय चौपट्ट भएको बताउछन् । राकेश भने आइतबार साझ र सोमबारसम्ममा ब्यापार बढ्ने आशामा रहेका छन् ।
होलिमा नेपालगन्ज लगायत आसपासका क्षेत्रहरुमा ठूलो संख्यामा मानिसहरु जम्मा भएर रङ्ग , अबिर र पानी सहित होलि खेल्ने प्रचलन रहेको छ भने होलिलाई नै मध्यनजर गर्दै ठुला साङ्केतिक कार्यक्रमहरु समेत खुल्ला स्थानमा हुने गर्दछन ।











