पौने करोडको लागतमा नेपालगन्जमा ‘फेसियल हाउस’

महरा र धामीले गरे नेपालगंज फेसियल हाउसको उद्घाटन


नेपालगन्ज : नेपालगंजमा फेसियल हाउसले आफ्नो नयाँ शाखा विस्तार गरेको छ ।

करिब पौने करोड रुपैयाँको लागतमा फेसियल हाउसले नेपालगन्जमा आफ्नो शाखाको बिस्तार गरेको हो ।

नेपालगंज शाखाको उद्घाटन नेपालगंज उद्योग वाणिज्य संघका अध्यक्ष टंक धामी र वरिष्ठ सौन्दर्यविद् तथा फेसियल हाउसकी संचालिका सुष्मा महराले संयुक्त रूपमा गरेका छन् ।

नेपालकै नम्बर १ ब्यूटी सैलुनको रूपमा परिचित फेसियल हाउसले उत्कृष्ट सेवा र आधुनिक प्रविधि प्रयोग गरी सौन्दर्य प्रेमीहरूको विश्वास जित्दै आएको छ ।

देशभर शाखा विस्तार गर्ने योजना अनुसार यो नयाँ शाखा खोलिएको फेसियल हाउसका संचालक सुष्मा महराले जानकारी गराएकी छिन् ।

काठमाडौंमा मुुख्यकार्यालय रहेको फेसियल हाउसले पोखरा, चितवन, धनगडी, सुर्खेत लगायतको शहरमा शाखा विस्तार गरीसकेको छ ।

नयाँ शाखा नेपालगन्जमा बिस्तारले नेपालगंजका स्थानीय ग्राहकहरूलाई विश्वस्तरीय फेसियल, स्किनकेयर, हेयरस्टाइलिङ, र सौन्दर्यसम्बन्धी अन्य सेवाहरू सजिलै उपलब्ध गराउने कम्पनीले जनाएको छ ।

फेसियल हाउसकी संचालिका सुष्मा महराले यस नयाँ शाखाले सौन्दर्य सेवाको पहुँचलाई थप सुलभ बनाउँदै नेपाली सौन्दर्य उद्योगमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गरिन् ।

त्यस्तै, नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक धामीले फेसियल हाउसजस्तो प्रतिष्ठित ब्रान्डले नेपालगञ्जमा सेवा दिन थालेपछि यहाँको व्यवसायिक र सांस्कृतिक वातावरणलाई थप उत्साहजनक बनाउन सहयोग पु¥याउने बताए ।

नेपालगञ्ज शाखा सबिना बुडाऐर र रितेश भुजेलले ल्याएका हुन् ।
बुडाऐर र भुुजेलले ग्राहकहरूको सन्तुष्टि र गुणस्तरीय सेवा सुनिश्चित गर्दै फेसियल हाउसको प्रतिष्ठा कायम राख्ने प्रतिबद्धता जनाएका छन् ।

प्रतिक्रिया