
नेपालगन्ज : नेपालगन्जमा उम्दा कलाकार मोडेल शाहित सिंह ठकुरीको अभिनय रहेको म्युजिक भिडियो बर्दियामा दिल बस्यो रिलिज भएको छ ।
बहुप्रतिक्षित म्युजिक भिडियो ‘बर्दियामा दिल बस्यो’ सोमबार रिलिज गर्ने भनिए पनि प्राविधिक कारणले मंगलबार मात्रै भिडियो रिलिज भएको हो ।
सामाजिक कार्य संगै अभिनयमा अब्बल ठकुरीको अभिनय रहेको म्युजिक भिडियो रिलिज भए संगै सामाजिक संजालमा चर्चा समेत बटुल्न सफल भएको छ ।

शान्तिश्री परियार र डिपि खनालको आवाज रहेको बर्दियामा दिल बस्यो गित र म्युजिक भिडियो उत्कृष्ट बनेको र भिडियो पछिल्लो पुस्ता संगै पुराना पुस्तालाई समेत मन पर्ने आशा गरिएको निर्माण टिमले लिएको छ ।
अन्जोल ईन्टरटेनमेन्ट युट्युब च्यानलमा रिलिज भएको बर्दियामा दिल बस्यो म्युजिक भिडियोको संगीत धुर्ब विश्व, लिरिक्स समीर अधिकारी र डिपि खनालको रहेको छ ।