
नेपालगन्ज : नेपालगन्जको जशोदा पोलीक्लिनिकमा नि:शुल्क स्वास्थ्य शिविर हुने भएको छ ।
फागुन ३ गते शनिबारको दिन नेपालगन्जको जशोदा पोलीक्लिनिकमा नि:शुल्क स्वास्थ्य शिविर आयोजना हुन लागेको हो ।
कन्सल्टेन्ट फिजिसियन डा. सलमान शेषद्वारा नि:शुल्क स्वास्थ्य चेकअप, नि:शुल्क सुगर जाँच, नि:शुल्क दम जाँच तथा अन्य स्वास्थ्य परीक्षणमा २० प्रतिशत छुट रहेको छ ।
जानकारी तथा नाम दर्ता र परामर्शको लागी जशोदा पोलीक्लिनिकमा सम्पर्क गर्न सकिने पोलीक्लिनिकले जनाएको छ । साथै ९८१४५४९१७३ मा सम्पर्क समेत गर्न सकिने पोलीक्लिनिकले जानकारी दिएको छ ।
उता जशोदा पोलीक्लिनिकले शनिबार बाँकेको बिकट मानिने नरैनापुरको दोन्द्रामा निशुल्क स्वास्थ्य परिक्षण क्याम्पको आयोजना समेत गरेको थियो ।
भेरी अस्पतालमा कार्यरत कन्सल्टेन्ट फिजिसियन डा. सलमान शेषद्वारा १०० जना बढी नरैनापुरवासीको नि:शुल्क स्वास्थ्य चेकजाँच गरिएको थियो ।
नेपालगन्जको जशोदा पोलीक्लिनिकको आयोजनामा सम्पन्न नि:शुल्क स्वास्थ्य परिक्षण क्याम्पमा निशुल्क औषधि समेत वितरण गरिएको थियो ।