जशोदा पोलीक्लिनिक नेपालगन्जमा शनिबार नि:शुल्क स्वास्थ्य शिविर हुने

नेपालगन्ज : नेपालगन्जको जशोदा पोलीक्लिनिकमा नि:शुल्क स्वास्थ्य शिविर हुने भएको छ ।

फागुन ३ गते शनिबारको दिन नेपालगन्जको जशोदा पोलीक्लिनिकमा नि:शुल्क स्वास्थ्य शिविर आयोजना हुन लागेको हो ।

कन्सल्टेन्ट फिजिसियन डा. सलमान शेषद्वारा नि:शुल्क स्वास्थ्य चेकअप, नि:शुल्क सुगर जाँच, नि:शुल्क दम जाँच तथा अन्य स्वास्थ्य परीक्षणमा २० प्रतिशत छुट रहेको छ ।

जानकारी तथा नाम दर्ता र परामर्शको लागी जशोदा पोलीक्लिनिकमा सम्पर्क गर्न सकिने पोलीक्लिनिकले जनाएको छ । साथै ९८१४५४९१७३ मा सम्पर्क समेत गर्न सकिने पोलीक्लिनिकले जानकारी दिएको छ ।

प्रतिक्रिया